बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नागरिक स्वास्थ्यको सुधारमा सफलता

नागरिक स्वास्थ्यको सुधारमा सफलता

भौतिक रुपमा ९४ प्रतिशत र आर्थिक रुपमा ७२ प्रतिशत प्रगती


  • ढोरपाटन संवाददाता
  • असार २४ २०८१, आइतबार

बागलुङ/स्वास्थ्य कार्यालय बागलुङले चालु वर्षका सबै कार्यक्रम सम्पन्न गरेको छ । आइतबार पत्रकार सम्मेलनमार्फत कार्यालय प्रमुख बाबुराम आचार्यले भौतिक रुपमा ९४ प्रतिशत र आर्थिक रुपमा ७२ प्रतिशत प्रगती भएको जानकारी दिए ।
कार्यालयले क्षयरोगविरुद्द सचेतना कार्यक्रम र परीक्षण शिविरबाट सबैभन्दा धेरै ३७ हजार ६ सय ४६ जनालाई एउटै कार्यक्रम पु¥याइएको आचार्यले बताए । त्यसबाहेक २३ वटा स्वास्थ्य चौकीको न्युनतम स्वास्थ्य सेवा मापन गरिएको, १७ हजार बढी बालबालिकालाई पूर्ण खोप पुगेको, कोही नछुटेको आधारमा जिल्लालाई नै पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न सकिएको आचार्यले जानकारी गराए ।
नसर्ने रोगहरुको खोजी, उपचार लगायतका कामसहित सबै स्वास्थ्य संस्थालाई डिजिटल बनाउन सकिएको पनि उनले बताए । विशेषगरी महिला स्वास्थय स्वयंसेविकादेखि स्वास्थ्यकर्मी समेतलाई रोग विरुद्धको अभियानमा अभिमूखीकरण गरिएको, नयाँ रोगबारे तालिम दिइएको हो । जिल्लाभरका ३ सय ५० बढी पानीका मुहानको परीक्षण भएको समेत आचार्यले जानकारी दिए ।
कार्यक्रममा चालु वर्षभर डेंगी विरुद्दको अभियान चलेको र सबै मिलेर नियन्त्रणमा लिन सकिएको कार्यालयकी जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताइन् । उनले डेंगीको लक्षणबारे पनि जानकारी गराइन् । सबै मिलेर लाग्दा मात्रै नियन्त्रण गर्न सकिने भन्दै सरसफाइ अभियानमा साथ दिन उनले सबैलाई आग्रह गरिन् । उनका अनुसार, २०२२ मा ५४ हजार जनामा डेंगी देखिएको र ८८ जनाको मृत्यु भएकोमा २०२३ मा भने घटेर २४ हजारमा पुगेको हो । बागलुङमा पनि ४ सय १८ जनामा डेंगी संक्रमण भएकोले सुरक्षित रहने उपायबारे शर्माले बताइन् ।
कार्यक्रममा धौलागिरि अस्पतालका मेडिकल अधिकृत डा. नकुल रेग्मीले लक्षण अनुसार उपचार गरिने भएकोले सर्तकता नै अपनाउन सुझाए । डेंगी लागेपछि उपचारबाट निको भएपनि निकै पीडा हुने बताए । हाडको ज्वरो आउने भएकोले यो दुःखदायी हुने समेत उनको भनाई थियो । डेंगी लाग्दा वाकवाकी हुने, डाबर आउने, कलेजो सुनिने जस्ता लक्षणबारे पनि डा. रेग्मीले चर्चा गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले बागलुङले स्वास्थ्य क्षेत्रमा ल्याएको सुधारबाट प्रदेशमा नमूना भएकोले यो अवस्थालाई अद्यावधिक बनाउन सक्नुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले भान्सा सुधारजस्ता काम गरियो भने रोग नियन्त्रणमा सहयोग पुग्ने पनि बताए । कार्यालय प्रमुख बाबुराम आचार्यको अध्यक्षता र सूचना अधिकारी घनश्याम सापकोटाको संचालनमा सम्पन्न कार्यक्रममा पत्रकारका जिज्ञाशामा आचार्य र शर्माले थप प्रष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->