आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

दशौं राष्ट्रिय खेलकुद छनौटका लागि गण्डकीबाट १६ खेलाडी

दशौं राष्ट्रिय खेलकुद छनौटका लागि गण्डकीबाट १६ खेलाडी


  • ढोरपाटन संवाददाता
  • असार २४ २०८१, आइतबार

पोखरा/नेपालका शीर्ष वरियता प्राप्त प्रदीप खड्का र नेहाल जङ्गबहादुर थापा पोखरामा सम्पन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेश स्तरीय प्रारम्भिक चरणको टेनिस छनोट प्रतियोगितामा उपविजेता हुँदै छनौंट चरणका लागि छानिएका छन् ।
खराब मौसमका कारण फाइनल खेल सम्भव नभएपछि आइटीएफ नियम अनुसार दुवैलाई विजेता घोषणा गरिएको हो । उनीहरुलाई नगद २२ हजार ५ सयसहित मेडलले पुरस्कृत गरियो । तेश्रो स्थान हाँसिल गरेका शास्वत बज्रचार्य र अनिल साइले जनही नगद ३ हजार ७ सय ५० का साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।
यता महिला सिंगल्सतर्फ प्रिती बराल पहिलो भइन् । उनले नगद १५ हजार प्राप्त गरिन् । आरुषी शेरचन दोस्रो भई नगद ७ हजार ५ सय तथा आहना शेरचन र ग्रिष्मा गुरुङ तेस्रो हुँदै जनही ३ हजार ७ सय ५० रुपैयाँका साथमा मेडल तथा प्रमाणपत्र हात पारेका छन् ।
यता, पुरुष डबल्सतर्फ प्रदिप खडका र अनिल साईको जोडी पहिलो भएको छ । उनीहरुले निहाल जङ्गबहादुर थापा र दर्शिल श्रेष्ठको जोडीलाई पराजित गरेका थिए । प्रदिप र अनिलको जोडीले २० हजार तथा उपविजेता निहाल र दर्शिलले १० हजार प्राप्त गरे ।
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना, गण्डकी प्रदेश टेनिस संघको व्यवस्थापन तथा कास्की जिल्ला टेनिस संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताबाट पुरुषतर्फ प्रदिप, नेहाल, अनिल, शाश्वत, दर्शिल, विवेक गर्बुजा, निर्मल मगर र श्रृजन भट्टराई दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौंट खेल्न गण्डकीबाट छानिएका छन् । महिलातर्फ प्रिति बराल, आरुषी तुलाचन, गृष्मा गुरुङ, आहना शेरचन, सरिसा शेरचन, जोया गुरुङ, एन्जिला गुरुङ, सुप्रिया गुरुङ उक्त प्रतियोगिताका लागि छनौंट भएका छन् ।
विजेता खेलाडीलाई प्रदेश खेलकुदका सदस्य केशव पाठक, गण्डकी प्रदेश टेनिस संघका उपाध्यक्षद्वय लोक बहादुर गुरुङ र विष्णु बहादुर थापा, महासचिब नविन चालिसे, कास्की टेनिसका सचिब एवं टुर्नामेन्ट डाइरेक्टर नविन श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । कार्यक्रम गण्डकी टेनिसका अध्यक्ष विनोद कायस्थको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रतियोगितामा महिलातर्फ ८ र पुरुषतर्फ १६ गरी २४ खेलाडी सहभागि थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->