पोखरा/नेपाल परिवार नियोजन संघ कास्कीको ४३ औं वार्षिक शाखा सभा सम्पन्न भएको छ ।
शाखा सभाको पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले उद्घाटन गरे । साधारण सभाले शाखाको रिक्त युवा सदस्य पदमा नवराज बराललाई र चक्रीय निर्वाचन प्रणालीअन्तर्गत महिला सदस्यमा सविना तिमिल्सिना विशेषज्ञ सदस्यमा वीरेन्द्र बास्तोला, विजय पौडेल, रजनी थकालीलाई चयन गरेको छ ।
नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा सो सभा सम्पन्न भएको थियो ।





