आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

सहेंलापाटा पहिरोमा युवाको मृत्यु, राजमार्ग र सडक अवरुद्ध

सहेंलापाटा पहिरोमा युवाको मृत्यु, राजमार्ग र सडक अवरुद्ध


  • ढोरपाटन संवाददाता
  • असार २७ २०८१, बुधबार

पोखरा/बुधवार बिहान आएको पहिरोले घर पुरिदा पोखरा महानगरपालिका-२७ सहेंलापाटाका २२ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको छ । पहिरोले घर पुरिएपछि उनी बेपत्ता भएकोमा बिहान ७ बजे उनको शव भेटिएको र पोष्टमार्टमकालागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए ।

करीब २० मिटर माथिबाट आएको पहिरोले ब्लकले बनेको एकतले घर पुरिएको थियो । त्यसक्रममा मृतक थापाकी आमा कमला थापाको सकुशल उद्धार गरिएको थियो । घटनास्थलमा सशस्त्र प्रहरीको कालीका गणबाट पनि उद्धार टोली खटिएको थियो । कमलाका श्रीमान मनबहादुर थापा भने हिजो घरमा थिएनन् ।

राजमार्ग र सडक अवरुद्ध

यसैबीच, हिजोदेखिको अविरल वर्षाका कारण मध्यपहाडी राजमार्गको पोखरा बागलुङ सडक पूर्णरुपमा अवरुद्ध भएको छ । कास्कीको अन्नपूर्ण–५ सीतागुफामा आएको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध हुन पुगेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

यसैगरी बेनी जोमसोम सडक खण्डको म्याग्दीको रघुगंगा गाउँपालिका–२ वैंसरीमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । त्यस्तै म्याग्दीकै बेनी नगरपालिका–४ घुमाउने भीरमा गएको पहिरोले बेनी दरवाङ सडक पनि पूर्णरुपमा अवरुद्ध भएको र सबै सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->