पोखरा/ नेपाल राष्ट्रिय भूतपूर्ब सैनिक तेक्वान्दो सैनिक संघले नवनियुक्त पदाधिकारी तथा सदस्यहरुलाई सम्मान तथा ब्याज बितरण गरेको छ । कार्यक्रमको गण्डकी प्रदेश सभाका निबर्तमान सदस्य मीना गुरुङले विहीबार उद्घाटन गर्दै सेवाका भावले खोलिएका जुनसुकै सामाजिक संघसस्थाले राष्ट्रका लागि काम गर्नुपर्ने सुझाव दिइन । खेल र स्वास्थ्य एक आर्काको परिपुरक भएको भन्दै मानिसलाई निरोगी बनाउने एकमात्रै उपाय खेल भएको उल्लेख पनि उनले गरिन ।
नेपाल राष्ट्रिय भूतपूर्ब सैनिक तेक्वान्दो सैनिक संघका केन्द्रिय अध्यक्ष प्रबिण रावलले विभिन्न १८ वटा देशमा आफ्ना शाखाहरुबाट समाजका लागि विभिन्न माध्यमबाट काम गरिरहेको उल्लेख गर्दै सस्थाले नेपाल र नेपालीको बिकासमा हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमममा लायन्स क्लब अफ नेचुरल टाउनका अध्यक्ष बुद्धिराज सुवेदी, संघका केन्द्रीय फिल्ड संयोजक सुन्दर पौडेल, केन्दिय आर्थीक विभाग प्रमुख वविता सुवेदी, लेखनाथ पत्रकार मंञ्चका संस्थापक अध्यक्ष भिमपाणि बराल, लम्जुङ पोखरा सम्पर्क मन्चका सचिब सुमि भण्डारी, संघका केन्द्रिय लेखा संयोजक मुरारी कंडेल, केन्द्रिय सदस्य रमनबहादुर बस्नेत, लेखनाथ जेसिसका अध्यक्ष प्रकाश राईभाट सहितले सस्थाले समाज सुधारका लागि शहरी क्षेत्रमा भन्दा पनि ग्रामिण तहसम्ममा आफनो सेवालाई विस्तार गर्न सक्नु पर्ने सुझाव राखेका थिए ।
कार्यक्रममा संघका विभिन्न पद तथा ओहोदामा नियुक्त विभिन्न महानुभाबहरूलाइ सम्मान सहित ब्याज वितरण गरिएको थियो । नेपाल राष्ट्रिय भूतपूर्ब सैनिक तेक्वान्दो सैनिक संघका केन्द्रिय अध्यक्ष प्रबिण रावलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संस्थाका फिल्ड इन्चार्ज बिष्णुमाया सुबेदी र संचालन स्वकीय सचिब गोकर्ण क्षेत्रीले गरेका थिए ।





