बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

केदारेश्वरमा हाजिरी जवाफ

केदारेश्वरमा हाजिरी जवाफ


  • ढोरपाटन संवाददाता
  • असार ३० २०८१, शनिबार

पोखरा/ केदारेश्वर महादेवमणी सेवाश्रममा रहेको केदारेश्वर छात्र परिषद्को आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । २११ आंै भानुजयन्तीको अवसरमा कार्यक्रम भएको हो । कार्यक्रमको उद्घाटन गर्दै रेडियो सफलता प्रमुख दुर्गा अधिकारीले भानुजयन्तीको अवसरमा गुरुकुलमा रहेका छात्रहरुले हाजिरी जवाफ प्रतियोगिता गरेकोमा खुसी व्यक्त गरिन ।

उनले यस्ता कार्यक्रमले बालकहरुको प्रतिभा प्रस्फुटन हुने बताउँदै यस्तै सकारात्मक अतिरिक्त क्रियाकलाप संचालन गर्न र भाग लिन आग्रह समेत गरिन । नेपाली साहित्य समाजमा भानुभक्तको योगदानको चर्चा गर्दै उनले भानुभक्तप्रति राज्यले जति श्रद्धा र सम्मान व्यक्त गर्नुपर्ने थियो त्यति हुन नसकेको दावी गरिन । केदारेश्वर महादेवमणी सेवा आश्रमका पिठाधिश डाक्टर चित्घन चैतन्य महाराजले विद्या र ज्ञानको चर्चा गर्दै सिक्नुपर्ने कुरा बेग्लैमा सिक्नका लागि अनुरोध गरे । सिकाईको अन्त्य कहिल्यै नहुने, जीवनमा असम्भव भन्ने केही नरहेको भन्दै बटुकहरुलाई हौसला प्रदान गरे । कार्यक्रममा केदारेश्वर महादेवमणी सेवाश्रमका सचिव ओमनाथ अधिकारीले यस्ता कार्यक्रमले बालकको प्रतिभा प्रस्फुटन हुने बताउँदै समितिले जहिले पनि साथ सहयोग गर्न तयार रहेको बताए ।

केदारेश्वर महादेवमणी सेवाश्रमका पिठाधिश डाक्टर चित्घन चैतन्य महाराजको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मनतव्य छात्र परिषद्का उपाध्यक्ष पुष्पराज न्यौपाने तथा कार्यक्रमको उदेश्यबारे जानकारी परिषद्का अध्यक्ष तथा कार्यक्रमका संयोजक प्रज्ज्वल पोख्ररेलले दिएका थिए । परिपद्का सचिव सुभाष पौडेल र उत्तम दवाडीले संचालन गरेको कार्यक्रममा गौरव अधिकारी, माधव खनाल, रामेश्वर फुयालले कविता बाचन गरेका थिए । हाजिरी जवाफ प्रतियोगितामा ७ वटा समुहले भाग लिएका थिए । सहभागी मध्ये गौरीशंकर समुह प्रथम, अन्नपूर्ण समुह द्वितिय, मकालु समुह तृतीय तथा जुगल समुह सान्त्वना भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->