बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

आभाष अभिजित बेबिल्याण्डको विद्यालयलाई सहयोग

आभाष अभिजित बेबिल्याण्डको विद्यालयलाई सहयोग


  • ढोरपाटन संवाददाता
  • असार ३० २०८१, शनिबार

पोखरा/ पोखरा महानगरपालिका–१० अमरसिंहचोकमा सञ्चालित आभाष अभिजित बेबिल्याण्डले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा पोखरा–२३ स्थित सिद्धबराह आधारभुत विद्यालयका छात्रछात्राका लागि शैक्षिक तथा खेलकुदका सामाग्रीसँगै खाजाका सामाग्री वितरण गरेको छ ।

बेबिल्याण्ड सञ्चालन गरी बालबालिकाका लागि आवश्यक खेलकुद तथा पोशाकजन्य सामाग्री विक्री वितरण गर्दै आउनुभएका सञ्चालक बुद्धिराज भट्टराईले विक्रीको मुनाफाको केही अंश सहित असहाय एवम् अशक्त बालबालिकालाई लक्षित गरि बेबिल्याण्डमा राखिएको दान पेटिकाको रकमबाट समान खरिद गरी विद्यालयलाई हस्तान्तरण गरिएको हो । आयोजकका तर्फबाट कार्यक्रमका प्रमुख अतिथि एवम् रासस गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेल र सञ्चालक भट्टराईले संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक दिलकुमारी ढुङ्गाना र विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष उपेन्द्र पराजुलीलाई स्टेशनरी, खाद्यान्न तथा खेलकुदका सामाग्री हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा रासस गण्डकी प्रदेश प्रमुख पौडेलले व्यवसायसँगै समाजका असहाय तथा अशक्तलाई लक्षित गरी गरिएको सहयोगको प्रशंसा गरे । पारिवारिक विपन्नताका कारण अध्ययन सामाग्रीको अभावमा परेका विद्यार्थीका लागि यस किसिमको सहयोग महत्वपूर्ण बन्ने उनले विश्वास गरे ।
बेबिलइाण्डका सञ्चालक भट्टराईले व्यवसायसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत अशक्त तथा असहाय बालबालिकालाई केही सहयोग पुगोस् भन्ने हेतुले अशक्त तथा असहायका लागि सहयोगार्थ छुट्टै पेटिका समेत राखेर सहयोग जुटाउने गरेको बताए । सहयोग बाकसमा ग्राहकबाट जम्मा हुने गरेको स्वेच्छिक सहयोगसँगै आफ्नो मुनाफा भएको रकमको केही अंशबाट आभाष बेबिल्याण्डको प्रथम वार्षिकोत्सवका अवसरमा यस वर्ष सिद्ध बराह आधारभुत विद्यालयका छात्रछात्रालाई प्रदान गरिएको बताउँदै उनले यस अभियानलाई निरन्तरता दिइने बतााए ।

सिद्ध बराह आधारभुत विद्यालयका पूर्व अध्यक्ष उपेन्द्र पराजुलीले यस किसिमको सहयोगले विद्यार्थीहरूको शैक्षिक उन्नयनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा पर्फेक्ट सोलुसनका सञ्चालक नवीन श्रेष्ठ, आभाष अभिजित बेबील्याण्डका सञ्चालिका अञ्जना भट्टराई लगायतले बोलेका थिए । उक्त कार्यक्रमसँगै सिद्ध बराह आधारभुत विद्यालयका छात्रछात्रालाई आज विश्वको उत्कृष्ट गन्तव्य नेपालको पोखरास्थित सम्पर्क कार्यालयको अवलोकन गराइएको थियो । उक्त विद्यालयका २२ जना विद्यार्थीलाई प्रकाशोन्मुख नेपाल कलायात्रा पुस्तकको प्रकाशकका रुपमा निशुल्क सहभागी गराइएको उक्त अभियानका अभियन्ता प्राज्ञ नगेन सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->