बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

धौलागिरि बहुमुखी क्याम्पसमा वृक्षारोपण

धौलागिरि बहुमुखी क्याम्पसमा वृक्षारोपण


  • ढोरपाटन संवाददाता
  • असार ३२ २०८१, सोमबार

बागलुङ/त्रिभुवन विश्वविद्यालयको ६५ औँ बार्षिकोत्सवको सन्दर्भ तथा क्याम्पसले क्युएए प्राप्त गरेको अवसरमा धौलागिरि बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण गरिएको छ ।
क्याम्पस परिसरमा कलस्टर छुट्टाएर अमला, मेवा, आँप, लिची, धुपी, अशोका लगाएतका २ सय बिरुवा रोपण गरिएको क्याम्पसका कर्मचारी भुपाल चालिसेले जानकारी दिए ।
बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सवुदी, क्याम्पस संचालक समितिका अध्यक्ष प्रा. डा. दिनबहादुर थापा र क्याम्पस प्रमुख प्रा. डा. रामप्रसाद उपाध्यायले वृक्षारोपणको शुरुवात गरेका थिए ।
कार्यक्रमअन्तर्गत सोमबार बिहान प्रभात फेरी र क्युएए प्राप्त गरेको बिषयमा जानकारीसहित जलपान कार्यक्रमको आयोजना गरिएको क्याम्पस प्रमुख उपाध्यायले जानकारी दिए ।
वृक्षारोपण कार्यक्रम क्याम्पस संचालक समितिका अध्यक्ष प्रा. डा. थापाको अध्यक्षता र सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेयको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->