बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

व्यवहारिक सीप सिकाउने धौलागिरी बहुप्राविधिक शिक्षालय

व्यवहारिक सीप सिकाउने धौलागिरी बहुप्राविधिक शिक्षालय


  • ढोरपाटन संवाददाता
  • असार ३२ २०८१, सोमबार

बागलुङ/ठुलो माछा पोखरी, आडैमा कुखुराको फार्म, बंगुरको खोर र बाख्राका खोरहरु । नजिकै रहेको बारीमा प्लाष्टिक घरभित्र बाह्रै महिना तरकारी फलिरहेका हुन्छन् । सिजन अनुसारका रैथाने तथा उन्नत जातका खाद्यन्न बालीका लागि खेतबारीको बन्दोबस्ती, खेतीयोग्य जमिनमा सिजन अनुसारका रैथाने र उन्नत जातका बाली फलेकै हुन्छन् ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् अन्तर्गतको आंगिक शिक्षालय धौलागिरी बहुप्राविधिक शिक्षालयको दृष्य हो यो । यहाँ ७ वर्षदेखि विद्यार्थीहरुले व्यवहारिक ज्ञान लिईरहेका छन् । सैद्धान्तिक र व्यवहारिक तथा प्रयोगात्मक अभ्यासमार्फत शिक्षण सिकाई गर्दै आएको शिक्षालयले हरेक वर्ष ४०÷४० जनाका दरले कृषि तथा पशु प्राविधिक उत्पादन गर्दै आईरहेको छ । गण्डकी प्रदेशकै उत्कृष्ट शिक्षालय बनाउँदै मध्यम स्तरको दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने मुल उद्देश्यका साथ काम भैरहेको शिक्षालय प्रमुख शिक्षालय प्रमुख राजन नेपालीले बताए ।
‘हाम्रो शिक्षालयबाट निस्केका कोही पनि बेरोजगार छैनन्, कि त रोजगारीमा जोडिएका छन्, कि स्वरोजगार बनेका छन्’ नेपालीले भने ‘प्रयोगात्मक र व्यवहारिक ज्ञान महत्वपूर्ण रहेछ ।’ शिक्षालयमा तीन वर्षे कृषि बाली तथा पशु विज्ञान अध्ययनका हरेक वर्ष ४०÷४० जनाको प्रशिक्षार्थीहरुको कोटा रहेको छ । छात्राहरुको लागि सुविधा सम्पन्न छात्रवासको व्यवस्था गरेको शिक्षालयले अध्ययनका कार्यक्षेत्र र गुणस्तरिय प्रयोगशाला हुँदा विद्यार्थीलाई थप सहज भएको उनले बताए । दिनभर सैद्धान्तिक पढाई हुने शिक्षालयले बिहान बेलुका प्रयोगात्मक पढाई सञ्चालन गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->