बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

धौलागिरिको शैक्षिक भविष्य उचो बनाउने लक्ष्य

धौलागिरिको शैक्षिक भविष्य उचो बनाउने लक्ष्य


  • ढोरपाटन संवाददाता
  • असार ३२ २०८१, सोमबार

बागलुङ/धौलागिरि बहुमुखी क्याम्पसको गुणस्तर टिकाउन सकेमा बागलुङको शैक्षिक भविष्य उचो हुने, बसाईंसराईं रोकिने र अनुसन्धानको स्थल बन्ने सरोकारवालाले बताएका छन् । त्रिभूवन विश्वविद्यालयको ६५ औं स्थापना दिवशको अवसर र धौलागिरि बहुमुखी क्यामपसले गुणस्तर सुनिश्चितता प्रत्यायान (क्युएए) पाएको अबसरमा सोमबार आयोजित अन्तरक्रियामा सरोकारवालाले शिक्षाको गुणस्तर सुधार गरेर मात्र राज्यको समुन्नत विकास हुने बताए
क्याम्पसले हालै मात्र क्युएए प्रमाणपत्र पाएको छ । यो प्रमाणपत्रलाई निरन्तरता दिन गुणस्तर सुधारका अंक बढाइरहनुपर्नेछ । क्याम्पस प्रमुख प्रा. डा. रामप्रसाद उपाध्यायले यो गुणस्तर बढ्दो दरमा लैजान सामाजिक र राजनीतिक क्षेत्रको सहयोग चाहिने बताए । उनले समाजकै योगदानले यो स्थानमा आएको क्याम्पसलाई अझ सशक्त बनाउने लक्ष्य सुनाए । देशभरका १ हजार ५ सय हाराहारी क्याम्पस तथा शैक्षिक संस्थामध्ये धौलागिरिले गुणस्तर पाएको हो । क्युएए पाएको क्यामपसको प्रमाणपत्रले संसारभर विद्यार्थीले प्रतिस्पर्धा गर्न सक्ने उनले सुझाए ।
कार्यक्रममा सहायक प्रमुख हिरालाल रेग्मीले क्युएए अवधारणापत्र सार्वजनिक गर्दै क्याम्पसले २०७४ देखिको प्रयास अहिले पुरा भएको बताए । उनले क्युएएका लागि गरिएका संघर्ष, पहल र आम अभिभावक, राजनीतिक दल, समाजसेवी र विद्यार्थी युनियन समेतको भूमिकाबारे प्रष्ट पारेका थिए । कार्यक्रममा सहभागि भएर राजनीतिक दलका नेता तथा पूर्व स्ववियु सभापति लगायतले शुभकामना दिए ।
कार्यक्रममा स्ववियु सभापति सुदिप सागर कंडेलले अझैपनि सबैको साथ र सहयोगको अपेक्षा गरेका थिए । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रा. डा. दिनबहादुर थापाको अध्यक्षता, सहायक प्रमुख हरिप्रसाद पाण्डेयको संचालन र क्याम्पस प्रमुख प्रा.डा. रामप्रसाद उपाध्यायको स्वागतमा सम्पन्न कार्यक्रममा त्रिवि कर्मचारी संघका अध्यक्ष शिवराज पन्त, प्राध्यापक संघका अध्यक्ष भक्तीराम न्यौपाने, प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदी लगायतले शुभकामना दिएका थिए ।
त्यसअघि बिद्यार्थी, प्राध्यापक र कर्मचारीले क्युएए प्रमाणपत्र सहित प्रभातफेरी गरेका थिए । क्युएएका लागि क्याम्पसले ५० प्रतिशत बढी स्थायी प्राध्यापक पु¥याउनुपर्ने लक्ष पनि पुरा गरेको छ । क्युएए प्रमाणपत्र पाएपछि बिद्यार्थी आर्कषणका संकाय थप गर्ने लक्ष्य पनि पुरा गर्न सकिन्छ । विश्वबिद्यालय अनुदान आयोगले असार ६ गते यो प्रमाणपत्र दिने निर्णय गरेको हो । ‘हाम्रा अधिकांस प्राध्यापकहरु अनुसन्धानमूलक काममा लाग्नु भएको छ’ क्याम्पस प्रमुख उपाध्यायले भने, ‘विद्यार्थीले पनि समूहगत रुपमा अनुसन्धानकै पाटो अंगालेका छन् ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->