आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सृजना माविका छात्राहरू पुरस्कृत

सृजना माविका छात्राहरू पुरस्कृत


  • ढोरपाटन संवाददाता
  • असार ३२ २०८१, सोमबार

पोखरा/पोखराको सृजनाचोकस्थित सृजना सेकेन्डरी स्कुलको कक्षा ८ मा अध्ययनरत प्रतिभावान छात्राहरू राजश्री अधिकारी र सक्रिया पोखेल राष्ट्रिय खेलकुद प्रतियोगितामा बिजेता भई पुरस्कृत भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा शनिवार गण्डकी प्रदेशका विभिन्न ३ राष्ट्रिय खेलकुद प्रतियोगिताका बिजेता १ सय ७८ जना खेलाडीलाई पुरस्कृत गरेको थियो । यसै क्रममा सृजना सेकेन्डरी स्कुलका छात्राद्वय राजश्री अधिकारी र सक्रिया पोखेल नगद पुरस्कारसहित प्रशंसा पत्रद्वारा सम्मानित भएका हुन् । राष्ट्रिय खेलकुद परिषद र गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा सञ्चालित यु–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता–२०८० मा गण्डकी प्रदेशको तर्फबाट टेबलटेनिस खेल प्रतियोगितामा सहभागी भएर तृतीय स्थान हासिल गरी कास्यपदक प्राप्त गर्न सफल भएकोमा गण्डकी प्रदेश खेलकुद परिषदले बिजेता खेलाडीहरुलाई पुरस्कृत गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् प्रदेश खेलकुद परिषदका संरक्षक सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बिन्दुकुमार थापा, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङलगायतले खेलाडीहरूलाई नगद पुरस्कारसहित प्रशंसा पत्रले सम्मान गरेका थिए । गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले खेलाडीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै प्रदेश सरकार खेलकुद विकासका लागि प्रतिबद्ध रहेको कुरा बताए । आफ्नो सिमित स्रोतसाधनको अधिकतम सदुपयोग गर्दै खेलकुदको जग बलियो बनाउन गण्डकी प्रदेश सरकार अघि बढेको बताए । यस्तै प्रदेश सरकार खेलाडीहरुको जीवन सुनिश्चित गर्न प्रयासरत रहेको र युवावस्थाबाट खेलप्रति उत्प्रेरणा जगाउन सरकारले थुप्रै कार्यक्रमहरू अघि सारेको जानकारी दिए ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापा, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेल, परिषदका सदस्य सचिव श्रीधर शर्मालगायतले आपन्ना भनाइहरु राखेका थिए । सृजना सेकेन्डरी स्कुलका प्रतिभावान छात्राहरू राजश्री अधिकारी र सक्रिया पोख्रेल यु–१५ टेबुलटेनिस प्रतियोगितामा गण्डकी प्रदेश प्रथम भई यस अघि पनि पुरस्कार र प्रशंसापत्रद्वारा सम्मानित भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->