बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चामलको बिलमा युरिया मल ! नवलपुर प्रहरीद्वारा बरामद

चामलको बिलमा युरिया मल ! नवलपुर प्रहरीद्वारा बरामद


  • खगेन्द्र पराजुली
  • असार ३२ २०८१, सोमबार

नवलपुर/नवलपुर प्रहरीले १४९ वोरा युरिया मल वरामद गरेको छ । जिल्ला पार हुनै लाग्दा गैंडाकोट स्थित नारायणी पुल नजिकै चेकजाँचका क्रममा ट्रक सहित सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक वेद वहादुर पौडेलका अनुसार चामलको विल वनाएर युरिया मल ढुवानी गरेको पाइएको हो।
रुपन्देहीको तिलोतमास्थित सिद्धार्थ राइस मिलको विल र चलानी लिएर हेटौडाको लक्ष्मी किराना पसलमा लैजादै गरेको टूक सहितको १४९ वोरा मल नियन्त्रणमा लिएर थप कार्वाहीका लागि त्रिवेणी भन्सार पठाइएको डिएसपी पौडेलले बताए ।
बा ३ ख ४२५१ नम्बरको ट्रकका चालक भने फरार रहेको प्रहरीको भनाई छ । प्रहरीले ४५ किलोग्राम वजनका १४९ वोरामा रहेको ६ हजार ७ सय ५ बेनी किलोग्राम युरिया मल वरामद गरेको हो। अहिले युरिया मलको बजार मुल्य प्रतिकिलो २५ रूपैयाँ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->