पोखरा/इन्टरनेशनल नेपाल फेलोसीप (आइएनएफ)ले पोखरा १९ पुरन्चौरमा रहेको भारती भवन माविलाई जस्तापाता हस्तान्तरण गरेको छ ।
गएको असार २६ गते परेको अबिरल वर्षाका कारण विद्यालयको सेफ्टी ट्यांकी प्रयोग गर्न नमिल्ने गरी भासिएकोले नयाँ शौचालय निर्माणको सहयोगार्थ २५ थान जस्तापाता हस्तान्तरण गरिएको नव आदर्श सामुदायिक विकास समाजका पूर्वअध्यक्ष सन्जयकुमार अधिकारीले जानकारी दिए ।
उक्त सहयोग संस्थाका विपद् व्यवस्थापन प्रमुख हरिबिन्दु अर्याल र वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीलाई हस्तान्तरण गरेका थिए ।
समितिका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा अधिकृत ज्योतिबहादुर क्षेत्री, विद्यालयका प्रधानाध्यापक नेत्रबहादुर आले, विद्यालय व्यवस्थापन समिति सदस्य कोमलप्रसाद बास्तोला, जसमाया गिरी, शालिग्राम अधिकारी, नेपाल रेडक्रस सोसाइटी पुरनचौर उपशाखाको सहसचिव माधव गौतम, इन्जिनियर सरोज आचार्य, विद्यालय शिक्षक तारानाथ पौडेल,कार्यालय सहयोगी भूपेन्द्रबहादुर भुजेल र बाबुराम अधिकारीलगायतले बोलेका थिए ।
विद्यालयका सहायक प्रधानाध्यापक भरतराज आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।





