पोखरा/ सामसङ नेपालले शुक्रबारबाट आधिकारिक रूपमा ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप ६को प्रि–अर्डर सुरु भएको घोषणा गरेको छ ।
सामसङ नेपालका प्रबन्ध निर्देशक श्री इन सु किम, सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापित र मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडाले नयाँ ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६ सिरिज सार्वजनिक गरेका हुन् । यी नयाँ मोवाइलमा फोल्डेबल फोर्म फ्याक्टरलाई एआई–इन्फ्युज्ड कनेक्टेड ग्यालेक्सी इकोसिस्टमसँग मिलाइएको र हल्लासमेत भएको कम्पनीको भनाइ छ । सामसङले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत् १ वर्षको लागि १ पटकको ब्रेकेज इन्स्योरेन्स पनि उपलब्ध रहेको तथा ग्यालेक्सी जेड फ्लिप ६को मूल्य १ लाख ५४ हजार ९९९ बाट सुरु हुनेछ । सामसङले सबको फोन र अर्को स्टोर मार्फत १५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस उपलब्ध गराएको छ ।





