शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

सवारी दुर्घटना हुँदा पोखरामा एक युवाको मृत्यु

सवारी दुर्घटना हुँदा पोखरामा एक युवाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • साउन ६ २०८१, आइतबार

पोखरा/पोखरामा आईतवार बिहान सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका-६ का २६ वर्षीय ईश्वर परियार छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान करिब पौने ६ बजेको समयमा दुर्घटना भएको थियो । ग ३ च ३४५७ नं. को हाइलक्स गाडी र ग ११ प ९१ नं. को मोटरसाइकल एकअर्कामा ठोक्किँदा मोटरसाइकलमा सवार परियार घाइते भएका थिए ।

उचारका लागि गण्डकी मेडिकल कलेजमा पठाए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । हाइलक्स चालक बर्दिया ठाकुरबाबा नगरपालिका-८ स्थायी घर भई हाल पोखरा बस्ने ३० वर्षीय सुशिल दहितलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->