बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मजेष्टिक लेकफ्रन्ट होटलले प्रथम वार्षिकोत्सव फेवाताल सरसफाई गरेर मनायो

मजेष्टिक लेकफ्रन्ट होटलले प्रथम वार्षिकोत्सव फेवाताल सरसफाई गरेर मनायो


  • ढोरपाटन संवाददाता
  • साउन ८ २०८१, मंगलबार

पोखरा/ पोखराको लेकसाईडमा रहेको मजेष्टिक लेकफ्रण्ट होटल एण्ड सुईट्स प्रालिले प्रथम वार्षिकोत्सव मनाएको छ । अघिल्लो वर्षदेखि सञ्चालनमा आएको पोखरा–६ लेकसाईडको खहरेस्थित फेवाताल किनारमा रहेको मजेष्टिक लेक फ्रण्ट होटलले आफ्नो प्रथम वार्षिकोत्सव फेवाताल सरसफाई, कर्मचारी पुरस्कृतलगायतका कार्यक्रम गरेर मनाएको हो ।

होटलको वार्षिकोत्सवको अवसरमा फेवाताल सरसफाई गरिएको होटलका सञ्चालक सुनिलबहादुर भट्टराईले जानकारी दिए । ‘तालमा रहेको जलकुम्भी झार, प्लाष्टिक, बोतललगायत बाहिर निकाल्यौं र संकलन गरेर डिस्पोज गर्नका लागि पठायौं’, उनले भने । ताल सरसफाईमा होटल सञ्चालक भट्टराई, उनको परिवारसँगै ६० जना कर्मचारीहरु सहभागि भएको उनले बताए । ताल सरसफाईपश्चात कर्मचारीलाई सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रम गरेर वार्षिकोत्सव मनाइएको सञ्चालक भट्टराईले बताए । होटलले हेड अफ डिपार्टमेन्ट अफ दी ईयरबाट सेफ राजेश सुनुवार, ईम्प्लोय अफ दी ईयरबाट रेशम थापा, ईम्प्लोयी अफ दी मन्थबाट शुक्रकुमारी आले र राइजिङ ईम्प्लोयी अफ दी ईयरबाट कृष्ण पौडेल पुरस्कृत भएको उनले जानकारी दिए ।

होटल फेवाताल किनारमा करीब ७ रोपनी क्षेत्रफलमा फैलिएको छ। होटलबाट फेवाताल, माछापुच्छ«े र अन्नपूर्ण हिमश्रृंखलाको दृश्यावलोकनसँगै मेथलाङ डाँडासमेत नजिकबाट नियाल्न सकिन्छ । त्यसैले त यो होटल एक वर्षपनि नपुग्दै ट्रिप एडभाईजरमा पोखराको उत्कृष्ट ५ मा पर्न सफल भइसकेको छ । होटलमा ३ वटा स्वीट रुमसहित डिलक्स, सुपर डिलक्स गरेर ३८ वटा कोठाहरु रहेका छन् । त्यसबाहेक एक जना अट्नसक्ने कन्फिरेन्स हल, स्पा, साउना स्ट्रिम, मसाजलगायतका सुविधाहरुपनि रहेको सञ्चालक भट्टराईले बताए । होटल परिसरमै २ सय बढी अटाउने रेष्टुरेण्ट छ भने त्यहाँ हरेक दिन एकोष्टिक लाइभ हुने गरको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->