बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

जानकीका विद्यार्थीलाई हाेटल पोखरा ग्राण्डको साथ

जानकीका विद्यार्थीलाई हाेटल पोखरा ग्राण्डको साथ


  • ढोरपाटन संवाददाता
  • साउन ८ २०८१, मंगलबार

पोखरा/ विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्येयनजर गर्दै पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई होटल पोखरा ग्राण्डले शैक्षिक सामाग्री उपलव्ध गराएकोे छ ।

विद्यालयको कक्षा १० मा अध्ययनरत १७ जना एसइईको तयारी गरिरहेका छात्रछात्रालाई पोखरा ग्राण्डले करिव ३० हजार रुपैया मुल्य बराबरका बिभिन्न बिषयको प्रश्नपत्रको संगालो टेनशेट, गणित र विज्ञानको अभ्यास पुस्तिका वितरण गरेको हो । पोखरा १७ का वडासदस्य शिवराम भण्डारीले विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै गुणस्तरीय शिक्षाका लागि सवैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।

होटल पोखरा ग्राण्डका एचआर मेनेजर कल्पना बरालले सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक विद्यालयका विद्यार्थीलाई पठनपाठनमा सहयोगी पुस्तक उपलव्ध गराएको जनाईन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङ, सदस्यहरु हरिप्रसाद बास्तोला, डिलमाया भण्डारी, प्रधानाध्यापक अर्जुन कडेल, कमल आचार्य, भिम रिजाल, पोखरा ग्राण्डका प्रेम कुमार कटुवाल, विष्णुप्रकाश श्रेष्ठ र तिलक शर्मा लगायतले विद्यार्थीलाई पुस्तक वितरण गरेका थिए ।
पुस्तक एक बर्षपछि फिर्ता गरि कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई पुनः वितरण गरिने कार्यक्रम रहेको विद्यालयका शिक्षक तुलसी गिरीले जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->