बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गोल्डेन नेचरमा अंग्रेजी समाचार वाचन प्रतियोगिता

गोल्डेन नेचरमा अंग्रेजी समाचार वाचन प्रतियोगिता


  • ढोरपाटन संवाददाता
  • साउन १० २०८१, बिहिबार

पोखरा– पोखरा महानगरपालिका, वडा नं. ३०, खुदी–ढुङ्गेपाटनस्थित गोल्डेन नेचर बोर्डिङ स्कुलले आप्mनो शैक्षिक क्यालेण्डरमा उल्लेख भए बमोजिम कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थी
बिच अङ्ग्रेजी समाचार वाचन प्रतियोगिता विहीबार सम्पन्न गरेको छ ।

विद्यार्थीमा रहेको प्रतिभा प्रष्फुटन साथै सञ्चार क्षेत्रमा आकर्षण र नयाँ घटनाका बारेमा चाँसो दिने एवम् रुची बढाउने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा प्रतिक लामिछानेले प्रथम स्थान प्राप्त गर्न सफल भए । यस्तै साधना गौतम द्वितीय स्थान, अक्लिष्ट घिमिरे र रितेश सापकोटाले तृतीय स्थान र आशिष ढकाल र सुशन्त बस्ताकोटीले सान्त्वना स्थान प्राप्त गर्न सफल भए । उक्त कार्यक्रमको संयोजन विद्यालयका शिक्षक नवराज रानाभाट र सोमनाथ कडेलले गरेको प्रिन्सिपल प्रेमप्रसाद सुवेदीले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->