शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पञ्चमुलमा निःशुल्क भिडियो एक्सरे सेवा 

पञ्चमुलमा निःशुल्क भिडियो एक्सरे सेवा 


  • ढोरपाटन संवाददाता
  • साउन १० २०८१, बिहिबार
स्याङ्जा/आँधीखोला गाउँपालिका १ मा रहेको पञ्चमुल प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क भिडियो एक्सरे सेवा संचालनमा आएको छ ।  गाउँपालिकाले भिडियो एक्सरे मेसिन खरिद गरी स्वास्थ्य केन्द्रमा उपलब्ध गराएसगैँ निःशुल्क सेवा दिन थालिएको हो । यसरी गाउँमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे सेवा दिने पञ्चमुल केन्द्र जिल्लामै पहिलो हो ।
वडा अध्यक्ष पवनकाजी अधिकारीले प्राथमिक स्वास्थ्य केन्द्रमा स्टाफ नर्स सुदिक्षा केसीले तालिम लिएर आएपछि सेवा प्रवाह सञ्चालनमा ल्याएको बताए । एउटा गर्भवती महिलाले ३८ हप्ता भित्र चार पटक भिडियो एक्सरे गर्नुपर्ने बताउदै अधिकारीले स्वास्थ्य केन्द्रमा ४५/५० जना गर्भवती महिला स्वास्थ्य परिक्षणको लागि आउने गरेको जनाए ।  एक पटक भिडियो एक्सरेका लागि पोखरा पुगेर आउदाँ ५ हजार भन्दा बढी खर्च हुने र चार पटकमा २० हजार भन्दा बढी खर्च हुने गर्दछ । स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे राखेसगै लाखौँ खर्च जोगिने र सामान्य नागरिकको बचत हुने अधिकारीले बताए । आर्थिक अवस्था कमजोर हुँदा भिडियो एक्सरे नगरी गर्भवती महिलाले जोखिम मोलिरहेको र अकालमा मृत्यु हुने गरेको जनस्वास्थ्य निरिक्षक डिल्लीराम अधिकारीले बताए ।
दुर्गम गाउँमा सेवा सुचारु भएसगैँ गर्भवतीसहित अन्य बिरामीलाई पनि राहत मिलेको छ । गर्भवती महिलाले यात्राको जोखिम र आर्थिक मानसिक तनाबको भार घटी पहुच र उपभोगमा समेत बृद्धि हुने अकिारीले बताए ।
गाउँमै भिडियो एक्सारे हुदाँ आमा र बच्चाको स्वाथ्य सुधार हुने र मातृ तथा नवजात शिशुको मृत्यु दरमा समेत कमी आउने दावी गरिएको छ । गाउँमै भिडियो एक्सरे पुगेसगै गर्भवती महिला खुसी भएका छन् भने नजिकैको पाविका र वडाबाट समेत निःशुल्क भिडियो एक्सरे सेवा पाउने छन् । यस्तै पालिकाले हरेक महिनामा १५ गते घुम्ति शिबिर गर्ने गरेकोमा अब दुई दिन ८ र ९ गते घुम्ति शिबिर हुने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->