पोखरा/ अपाङ्गता भएका बालबालिकाका लागि समाबेशी शिक्षा संचालन तथा ब्यबस्थापन मापदण्ड २०८१ को प्रारम्भिक मस्यौदामाथि गण्डकी प्रदेशस्तरिय छलफल तथा अन्तरक्रीया कार्यक्रम शुक्रवार पोखरामा सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला शिक्षा समन्वय इकाइ कास्कीका संयोजक समेत रहेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरे ।
पौडेलले अपांगता भएका सबै बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न समतामूलक तथा न्यायपूर्ण अबसर सृजना गर्न मापदण्ड महत्त्वपूर्ण हुने बताए । उनले नेपालको बिद्यमान शिक्षा सम्बन्धि संबैधानिक ब्यबस्था ऎन ,निति तथा योजना कार्यान्वयन गर्न र समाबेसी शिक्षाको सहज संचालन र पहुँच स्थापित गर्न मापदण्ड थप सहायक हुने बिश्वास ब्यक्त गरे । पौडेलले प्रारम्भिक मस्यौदामा गम्भीर छलफल सहित थप मजबुत बनाउन नेपाल सरकारलाई सुझाव दिन सरोकारवालाहरूलाइ आग्रह गरे । कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, बिश्व शिक्षा परिषदका सदस्य डाक्टर बिरेनराज पोख्रेल, शिक्षा समन्वय एकाइ कास्कीका शाखा अधिकृत टंक बराल, नेत्रहीन संघका केन्द्रिय महासचिव शिशिर खनाल, कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटा, नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश समिति अध्यक्ष रोमहर्षण पौडेल लगायत विभिन्न बिद्यालयका प्रधानाध्यापक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागीता रहेको थियो।
अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धि ऎन २०७५ को दफा ४१ ले दिएको अधिकार प्रयोग गरेर नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले उक्त प्रारम्भिक मसौदा तयार पारेको हो। नेत्रहीन युबा संघ नेपालका केन्द्रिय अध्यक्ष रामचन्द्र गैर्हेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कार्यक्रम अधिकृत नीर श्रेष्ठले गरेका थिए ।





