पोखरा/पोखराको नदीपुरमा रहेको अन्नपूर्ण माविमा कक्षा ११ मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट संकायका नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण तथा स्वागत गरिएको छ ।
नेपाल राष्ट्र बैंक पोखराका निर्देशक विना ढकालको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रम विद्यालय सञ्चालन समितिका अध्यक्ष सुरजप्रकाश प्रधानाङ्ग सभापतित्वमा सम्मान भएको थियो ।
कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित उत्प्रेरक रविन कटवालले नवआगन्तुक विद्यार्थीलाई जीवनमा धैर्य,लगन साधानाले लक्ष्यमा पु¥याउनुपर्ने बताए ।
विद्यालयका एकेडेमी डाइरेक्टर अशोककुमार शाही, सञ्चालक समितिका निवर्तमान अध्यक्ष चिजकाजी गुरुङ, अतिरिक्त क्रियाकलाप संयोजक तेज गुरुङ,प्रशासक चित्र गुरुङ, संस्थापक झम गुरुङ तथा +२ कार्यक्रम संयोजक कृष्ण लम्सालले
स्वागत गरे । विद्यालयका प्राचार्य सइन्द्रंराज श्रेष्ठले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै, समयसापेक्ष शिक्षालाई परिमार्जित गर्न माउन्ट अन्नपूर्ण हरदम प्रयासरत रहने विचार व्यक्त गरे । कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुद्वारा आयोजित उक्त कार्यक्रममा छात्रा क्यारोन गुरुङले आफ्ना अनुभव साट्दै आफूलाई माउन्ट अन्नपूर्णले पढाइका साथै अन्य सीपमा पनि पोख्त बनाएको बताइन् ।





