पोखरा/ गण्डकी प्रदेशको नवलपुर जिल्ला विनयीत्रिवेणी गाउँपालिका वडा नं. ७ व्यारेजपुलमा खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ का ३७ वर्षीय सुग्रिम भर र ३६ वर्षका छन्नु हरिजन रहेका छन ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार लु १७ प ५४८९ नम्बरको पल्सर मोटरसाईकल माथी शंका लागि खानतलासी गर्दा चालक भरले मोटरसाईकलको सिट मुनि लुकाई छिपाई राखेको ओनरेक्स १०० एमएलको को १४ पिस (१४ सय एमएल) र मोटरसाईकल पछाडी सवार हरिजनको साथबाट स्पास्मो १८० क्याप्सुल, नाइट्रोभ्याट ४५ ट्याबलेट लागू औषध सहित पक्राउ गरिएको हो । दुवैमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





