बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अपांग र बिपन्न बालबालिका लक्षित विद्यालय बस

अपांग र बिपन्न बालबालिका लक्षित विद्यालय बस


  • ढोरपाटन संवाददाता
  • साउन १५ २०८१, मंगलबार

बागलुङ/कहिले बालुवा बोक्ने ट्रयाक्टर त कहिले सार्वजनिक यातायातमा आउजाउ गर्ने बालबालिकालाई लक्षित गरेर विद्यालय बस ल्याइएको छ । बागलुङ नगरपालिका वडा नं. १ को रामरेखा आधारभूत विद्यालयका बालबालिकालाई विद्यालय आउजाउ गर्न बसको व्यवस्था गरिएको हो ।
धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्र (डिआइआरडिसी)को पहलमा झण्डै ५० लाख रुपैयाँ पर्ने गाडी राजश्व छुट गरेर २० लाख रुपैयाँमा भित्राइएको हो । मंगलबार एक कार्यक्रममा डिआइआरडिसीका अध्यक्ष केवी रानामगरले उक्त गाडीको चाबी बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठलाई हस्तान्तरण गरे । नगरपालिकाको पहलमा चालक र अन्य खर्च दिने गरी यो गाडी चलाइने छ । नगरप्रमुख श्रेष्ठले उक्त चाबी प्रधानाध्यापक सिर्जना शर्मालाई हस्तान्तरण गरे ।
उक्त अबसरमा नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बालमैत्री नगर अभियानमा अपांग र मजदुरका छोराछोरी पढ्ने विद्यालयमा गाडी भित्रिएपछि थप साथ मिलेको बताए । बालबालिकाको पढाइ अब्बल बनाउने काममा शिक्षक र बालबालिकालाई सुरक्षित रुपमा पठाउने काममा अभिभावकले पनि भूमिका खेल्नुपर्ने उनले बताए ।


उनले कतै विद्यार्थी नभएर विद्यालय बन्द गर्नुपरेको अवस्था आएको भन्दै विद्यार्थी भएका स्थानमा गाडी दिन पाएकोमा खुसी व्यक्त गरेका छन् । मालढुंगा र खहरेदेखि मजदुरका बालबालिका यहाँ पढ्न आउने गरेका छन् । शिक्षक विष्णुराज पौडेलका अनुसार यहाँ १३ जना शारीरिक अपांग बालबालिका पढ्छन् भने कुल १ सय ४० विद्यार्थी छन् । अधिकांस नगरक्षेत्रभन्दा बाहिरबाट आएर बसेका मजदुरका बालबालिका छन् । कतिपय जिल्लाकै दुर्गम स्थानका बालबालिकाहरु पनि यहाँ आइपुगेका छन् । अपांगता भएका बालबालिका पनि बाहिरका हुन् ।
यहाँ शारिरीक अपांगता भएकाहरुको छात्राबासको व्वयस्था पनि छ । त्यसैले त्यस्तो समस्या भएकाहरुलाई राखेर पढाउने गरिएको हो । आयाको तलब, बालबालिकाको खानेबस्ने व्यवस्थापन भने नगरपालिकाले गरेको छ । यो वर्षदेखि आयाको तलब बढाएर छात्राबासलाई पनि प्रभावकारी बनाउने उनले बताए ।
स्कुल बस हस्तान्तरण कार्यक्रममा डिआइआरडिसीका अध्यक्ष केवीराना मगरले अपांग बालबालिकाको शिक्षामा सबैको साथ र सहयोग चाहिने बताए । उनले रामरेखा विद्यालयको लागि यसअघि संस्थागत रुपमा भवन निर्माण तथा अपांगमैत्री ¥याम्प निर्माणमा पनि साथ दिएको भन्दै अन्य सेवामा पनि लाग्ने प्रतिबद्दता जनाए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र केसीको अध्यक्षता, शिक्षक बिष्णुराज पौडेलको संचालन र डिआइआरडिसीका सचिव भुपाल चालिसेको स्वागतमा सम्पन्न कार्यक्रममा नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले पनि बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->