बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अनुसन्धानसँगै उद्यमशिलतामा धौलागिरि क्याम्पस

अनुसन्धानसँगै उद्यमशिलतामा धौलागिरि क्याम्पस

क्याम्पसले प्रभु बैंकसँग र आइडिया स्टुडियो नेपालसँग यो सम्झौता गरेको हो ।


  • ढोरपाटन संवाददाता
  • साउन १६ २०८१, बुधबार

बागलुङ/धौलागिरि बहुमुखी क्यामपसमा उद्यमशिलता केन्द्र स्थापना हुने भएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई उद्यमशिल बनाउने र क्याम्पसलाई नै नवप्रवर्तन केन्द्र बनाउने लक्ष्यले केन्द्र स्थापना गर्न लागिएको क्याम्पस प्रमुख रामप्रसाद उपाधयायले जानकारी दिए ।
उक्त अभियानअन्र्तगत प्राध्यापकहरुलाई सोध सम्बन्धी अनुसन्धानमा लगाउने, स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय संस्थासँग समन्वय गर्न लगाउने लक्ष्यले केन्द्र संचालन हुन लागेको हो । मंगलबार क्याम्पसले प्रभु बैंकसँग र आइडिया स्टुडियो नेपालसँग यो सम्झौता गरेको हो । स्वतन्त्र विद्यार्थी युनियन धौलागिरि बहुमुखी क्यामपसअन्र्तगत गठित ‘नेस्ट वेव स्टार्ट अफ सर्कल’ले बैंकलाई पठाएको प्रस्तावनामा यो सम्झौता भएको स्ववियु सभापति सुदिप सागर कँडेलले बताए ।
प्रस्तावपत्र बमोजिम बैंकले उल्लेखित प्रयोजनका लागि उद्यमशिलता विकास केन्द्र स्थापना गर्न सहमति दिएको थियो । मंगलबार क्याम्पसमा आयोजित कार्यक्रममा सम्झौतामा क्याम्पस प्रमुख रामप्रसाद उपाध्याय, बैंकका सिइओ अशोक शेरचन र आइडिया स्टुडिओ नेपालका डा।छिरिङ लामाले हस्ताक्षर गरे ।
पहिलो चरणमा बैंकले आर्थिक सहयोग उपलब्ध गराउने छ । त्यसपछि विद्यार्थीलाई उद्यमशिल बनाउने, सीप विकास, ज्ञान सम्बन्धी पाठ्यक्रम तयार गर्नेछ । साथै, आइडिया स्टुडियोले प्रयोगशालामा आधारित ७ दिने उद्यमशिलता कार्यशाला पनि संचालन गर्ने छ । यो अभियानले वर्षभरीनै कुनै न कुनै अभिमूखीकरण, अनुसन्धान, विषयगत सेमीनार संचालन हुनेछन् । ती कार्यक्रमका लागि आवस्यकता अनुसार विषयगत विशेषज्ञहरु झिकाइनेछ । क्यामपसमा इन्क्युवेशन प्रयोगशाला निर्माण गरिने छ । ती अभियानबाट उपयुक्त देखिएका विद्यार्थीलाई उद्यमशिलताका लािग छनौट गरिने कँडेलले जानकारी दिए । क्याम्पसले गुणस्तर प्रत्यायान सुनिश्चितता क्युएए प्रमाणपत्र पाइसकेकोले अब यहाँबाट उत्पादन हुने जनशक्तीहरु उद्यमशिल र सबै क्षेत्रमा दक्ष बनेर निस्कने गरी यो अभियानले साथ दिने कँडेलको भनाई छ ।
क्युएए पाएपछि विश्व विद्यालय अनुदान आयोगले कम्तिमा १५ लाख बराबरको उद्यमशिलता कार्यक्रमका लागि अनुदान दिने व्यवस्था छ । नीति क्षेत्रको सहकार्यमा क्याम्पसले थाल्ने उद्यमशिलता अभियानले आयोगको सहयोगमा पनि निरन्तरता र बढोत्तरी हुन सक्ने उपाध्यायले जानकारी दिए ।
सम्झौताका लागि आएका बैंकका अध्यक्ष भट्टचनले क्यामपसको अक्षयकोष निर्माणमा व्यक्तिगत रुपमा जोडिने र बिबिए कार्यक्रममा उत्कृष्ठ हुने ३ जनालाई हरेक वर्ष बैंकको रोजगारीमा जोड्ने समेत आश्वासन दिए । क्याम्पसले अक्षयकोष निर्माण अभियान चलाईरहेको छ । यो कोषमा मंगलबारै बागलुङ नगरपालिका वडा नं. २ का मनोविज्ञान श्रेष्ठ र श्रीजय श्रेष्ठ सहितको परिवारले ३ लाख ११ हजार रुपैयाँ सहयोग गरेको उपाधयायले जानकारी दिएका छन् ।
क्याम्पसले केही वर्ष अघिदेखि अनुसन्धानको काम पनि गर्दै आएको छ । बिज्ञान संकायका विद्यार्थीले त कृषि क्षेत्रमा नवप्रवद्र्धनात्मक र सिद्दान्त समेत स्थापना गर्ने गरी अनुसन्धानको काम गरिरहेका छन् । त्यस्तै, बिबिए, बिबिएस र स्नातकोत्तर तहका कार्यक्रमका विद्यार्थीले पनि शोधपत्रसहित अन्य बिभिन्न अनुसन्धानका काम गरिरहेको उपाध्यायले जानकारी दिए । विभिन्न प्रकारका नवप्रर्वदनात्मक काम गरेकै कारण क्युएए प्रमाणपत्रका लागि पनि विश्वविद्यालय अनुदान आयोग सकारात्मक भएको समेत प्राध्यापकहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->