पोखरा
पोखरा १० बुद्धचोकमा रहेको बबि ब्यूटी सैलुन एण्ड ट्रेनिङ सेन्टरले आफ्नो ११ औं वार्षिकोत्सवको अवसरमा कुँडहर आधारभुत विद्यालयमा छात्रवृत्ति र दिवा खाजा प्रदान गरेको छ । विद्यालयका १४ विद्यार्थीलाई छात्रवृत्ति र दिवा खाजा प्रदान गरेको हो ।
छात्रवृत्ति वितरण कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक नन्दकिशोर बरालले विद्यार्थी मध्ये जेहेन्दार र आर्थिक विपन्न भएका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति प्रदान गर्नुका साथै दिवा खाजा प्रदान गरेकोमा आभार प्रकट गरे । त्यसैगरी विद्यालयको स्तरोन्नतीका लागि प्रत्येक वर्ष तिहारको अवसरमा देउसीभैलो कार्यक्रम मार्फत आथिक संकलन गर्दै आइरहेको र आगामी वर्षमा आयोजना हुने देउसीभैलो कार्यक्रममा समेत बबि ब्यूटीपार्लरको तर्फबाट सहयोगको अपेक्षा राखे ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अनिता तिमिल्सिनाले सरकारी विद्यालय सञ्चालन गर्न गाह्रो रहेको वताउदै विभिन्न ब्यक्ति तथा संघसंस्थाको सहयोगबाटै सरकारी विद्यालय सञ्चालनका लागि सहयोग पुुगेको वताए । सरकारले विद्यालयलाई आवश्यक पर्ने कुनैपनि सामाग्रीहरु प्रदान नगरेकै कारणपनि सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीले निजी विद्यालयमा जसरी सिकाइमा प्रभावकारी ढंगले अगाडी वढ्न नसकेको उनको भनाइ रहेको थियो ।
बबि ब्यूटी सैलुनका सञ्चालक वविता केसी कार्कीले स्थापना कालदेखीनै वार्षिकोत्सवको अवसर पारी विभिन्न सामाजिक काम गर्दै आइरहदा यो पटक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पढाइमा केही सहयोग पुुगोस भन्ने अभिप्रायले छात्रवृत्तिका साथै दिवा खाजा प्रदान गरिएको वताइन । आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिने उनको भनाइ छ । सो अवसरमा पोखरा महानगरपालिका वडा नं १० का वडा सदस्य नरदेवी गुरुङ, बबि ब्यूटी सैलुुनका म्यानेजर सन्तोष कार्की, विद्यालयका शिक्षक प्रतिनिधि टेकबहादुर थापा, शिक्षक अभिभावक संघका सदस्य रितु केसी लगायतको सहभागीता रहेको थियो । बबि ब्यूटी सैलुनले वार्षिकोत्सवको अवसर पारि अघिल्ला वर्षहरुमा जस्तै यो वर्षपनि पोखरा महानगरपालिकाका वडाहरुले सिफारिसको आधारमा निशुल्क ब्यूटिसियन तालिम प्रदान गर्ने सैलुनका म्यानेजर तथा ब्यूटीसियन सुमित्रा केसीले जानकारी दिइन ।





