तस्बिर : अर्जुन काफ्ले
स्याङ्जा/प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय स्याङ्जाले एकै वर्षमा ४३.२ किलोमिटर कालोपत्रे र ढलान गरेको छ । पूर्वाधारले आर्थिक वर्ष ०८०/८१ मा ३०.२ किमी कालोपत्रे र १३ किमी ढलान गरेको हो ।
यहाँको नाँगडाँडा–कार्कीनेटा दोस्रो खण्ड सडक ९.५ किमी, मिर्दी क्याक्मी भिमाद सडक १० किमी, हेलु अर्जुन चौपारी सडक ६.२ किमी कालेपत्रे गरिएको हो ।
यस्तै देबिस्थान लामडाँडा पोखरी कुसेचौर १.५ किमी, सेतिदोभान बरबोटर साधना सडक र सर्केटारी दामगाडे सडक सात÷सात सय मिटर, भुम्रेचोक सडक छ सय मिटर, बिरेन्द्र नगर देबिस्थान र ढडुवा ठुलाडिही सडक पाँच÷पाँच सय मिटर गरी ३०.२ किमी कालोपत्रे गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
यस्तै बहुवर्षिय सडकअन्र्तगत दामाचौर हिलामराङ सडक पाँच किमी, शुक्लागण्डकी–चिसापानी सडक तीन किमी, मर्तमास लोलुङ्गा सडक १.२ किमी, दिमीक फाट कृषि सडक पाचँ सय मिटर, आमडाली थापाडाँडा सडक तीन सय मिटरसहित साना ढलान गरी १३ किमी ढलान पूर्वाधारले गरेको हो ।
गतवर्ष समेत ४२ किमी कालोपत्रे गरेको पुर्वाधारले आगामी आ.व.मा धेरै सडक कालोपत्रे हुने पूर्वाधार विकास कार्यालयका प्रमुख दयाराम अधिकारीले बताए । यहाँ एक निर्वाचन क्षेत्र एक कृषि सडक, एक निर्वाचन क्षेत्र एक सडक, प्रादेशिक सडक गरेर एक दर्जन बहुवर्षिय योजनाको काम अगाडि बढाइएको छ । चार ठुला सडक कालोपत्रेको तयारीमा छन् ।
पूर्वाधारले आ.व. ०८०/८१ मा कटुजे बडौचौर फलामे पुल (फेदिखोला) र केवरेखोला ढाँड झोलुङ्गे पुल) अर्जुन चौपारी बनाएको छ । यस्तै गैरीघाट र रातोखोला मोटरेबल पुल (बिरुवा) राक्सेखोला (गल्याङ्ग), सिङहाले र पौवेखोला (पुतलीबजार), सेतिखोला मोटरेबल पुल) फेदिखोलामा गरी छ वटा निर्माण पूर्वाधारले तिब्र रुपमा अगाडि बढाएको छ ।
पूर्वाधार विकास कार्यालय स्याङ्जाले आ.व. ०८०/८१ मा पुँजीगततर्फ एक अर्ब ११ करोड ६ लाख ७७ हजार ९१० रुपैयाँ खर्च गरेको छ । सडकतर्फ एक अर्ब एक करोड ४९ लाख एक सय, पुलतर्फ ८ करोड ७४ लाख ५० हजार ८५० रुपैयाँ, भवनतर्फ ३३ लाख ७७ हजार ३८० रुपैयाँ र अन्य ४९ लाख ५० हजार रुपैयाँ प्रगति छ ।




