बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

पोखराको मर्दी हिमाल क्षेत्रमा मान्छेको नलीहाड, ट्रयाक र मोबाइल फेला

पोखराको मर्दी हिमाल क्षेत्रमा मान्छेको नलीहाड, ट्रयाक र मोबाइल फेला


  • ढोरपाटन संवाददाता
  • साउन १९ २०८१, शनिबार

पोखरा / कास्कीको चर्चित मर्दी हिमाल पदयात्रा मार्गमा एकजना पदयात्रीको कंकाल फेला परेको छ।

माछापुच्छ्रे आधार शिविरनेरको लामडाँडा भन्ने ठाउँमा ठाउँमा पर्यटकको नलीहाड, ट्रयाक र एउटा मोवाइल फेला परेको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिए।

गोठालाहरूले मोबाइल, च्यातिएको ट्रयाक र नलिहाड भेटेको र त्यो मोबाइल खोलेपछिमात्र त्यो नलीहाड कसको हो भन्ने पत्ता लाग्ने उनको भनाइ छ।

सो क्षेत्रमा गएको पुस १४ गतेबाट हराएका स्वीडेनका नागरि मिचेल लिउ ब्लोमबर्गको अहिलेसम्म पत्तो छैन।

उनी हराएपछि हेलिकोप्टरसहित खोजी गर्दा पनि उनको केही पत्तो लागेको थिएन। सन् २०१८ देखि सो क्षेत्रको पदयात्रामा गएकी नेदरल्याण्डकी कोरी नाम गरेकी पर्यटक पनि हराइरहेकी छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->