स्याङ्जा/ अर्जुनचाैपारी गाउँपालिका वडा नम्बर १ मा रहेको एक मात्र सामुदायीक माध्यमिक बिद्यालय पञ्चकन्या हो । ५० बर्ष पहिला स्थापना भएको माबिलाई नमुना बनाउन पछिल्लो एक बर्षबाट गाउँपालिका अग्रसर रहेको थियो ।
पछिल्लो क्रममा बिद्यालयमा देखिएको बिबादले बिद्यालयमा अध्यनरत बिद्यार्थीको भबिष्य नै अन्यौलयमा पर्ने देखिएको छ ।
एसईईमा ५० प्रतिशत भन्दा कम नतिजा ल्याउने बिद्यालयका प्रधानाध्यापकको जिम्मेवारी परिवर्तन र नयाँ प्रअलाई मौका दिने योजना पालिकाको थियो । बिद्यालयको ब्यवस्थापन समितिले प्रधानाध्यापकको जिम्मेवारी परिवर्तन गरेको निर्णयलाई अबज्ञा गरेपछि गाउँपालिकाको शिक्षा ऐन २०७४ अनुसार जनमाबि सरुवा गरिएको थियो । पालिकाको ऐन र योजना अनुसार बिद्यालय ब्यवस्थापन समितिले सिफारिसमा पञ्चकन्या माबिका प्रधानाध्यापक बिष्णु तिवारीलाई गत असार २ गते जनमाबि सरुवा गरेको थियो । आफ्नो सरुवासगै उक्त निर्णणलाई रोक्न माग गर्दै उच्च अदालत पोखरा पुगेका तिवाराीलाई गाउँपालिकाको शिक्षा ऐन २०७४ को दफा ३० को दफा ३८ को सुबिधा सन्तुलनको आधारमा साउन ९ गते अल्पकालिन अन्तरिम आदेश र साउन १८ गते निरन्तरता दिएको थियो ।

उच्च अदालतको अल्पकालिन आदेशलाई पुर्ण फैसला मान्दै सामाजिक सञ्जाल फेसबुकमा हाल्दै तिवारीले शिक्षक माथीको दमन रोक भनेका छन । यस्तै यहि साउन १८ गते पालिकाले निकालेको प्रधानाध्यापकको पदावधी सम्बन्धमा सुचनालाई पालिकाको पराजित मानसिकता र कहि नभएको जात्रा हाडी गाउँमा भनेर तिवारीले टिप्पणी गरेका छन । फेसबुकमा तिवारीले लेखे शब्दले अब पञ्च कन्या माबिका बिद्यार्थीको भबिष्य कता जाने सोच्नु पर्ने अवस्था आएको छ । ब्यवस्थापन समिति र तपाईको चपेटामा बिद्यार्थी पर्ने भएनि भन्ने प्रश्नमा तिवारीले निर्णय आएको र अव सोचेर काम अगाडि बढाइने जवाफ दिए ।
भर्खर निजी बिद्यालयबाट सामुदायिक बिद्यालय बिद्यार्थी लगेका एक अभिभावकले राम्रो सोचेर छोराछोरी बिद्यालय लगेको अब फेरी निजीमै ल्याउनु पर्ने अवस्था देखिएको बताउछन । शिक्षकले गृहकार्य पनि नहेर्ने र नजानेको सिकाई दिनु प¥यो भन्दा यसै जाने गरेको बिद्यार्थीले आफुसगँ गर्ने गरेको अभिवावकको गुनासो छ । यदी नपढाउने शिक्षकलाई कारबाही नहुने हो भने विद्यार्थीको भविष्य के हुने हो भन्ने सोच्नुपर्ने देखिएको अभिभावकको भनाइ छ । प्रधानाध्यापक तिवारीको सामाजिक संञ्जालमा हालेको स्टाटसले अब नपढाउने र तलब खाने शिक्षकलाई राहत मिल्ने होकी भन्ने देखिएको बिद्यालय ब्यवथापन समितिका अध्यक्ष फणीनारायण अर्यालले बताए । एक जना शिक्षक जसले निजी बिद्यालयसगै सञ्चालन गरेका छन् उसको अर्कमन्यतामा बिद्यालय सुधार योजना बन्धक बनेको बताउदै अर्यालले एक शिक्षकको कारण बिद्यार्थीको भबिष्य अन्यौलमा परेको जनाए । कृषि प्राबिधिक शिक्षा सहित पठनपाठन हुने पञ्चकन्या माबिमा कक्षा ११ बाहेक शिशु देखि १२ सम्म ४८४ बिद्यार्थी छन् ।




