बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

विद्यालयमा सहयोग गर्ने शाक्यलाई सम्मान

विद्यालयमा सहयोग गर्ने शाक्यलाई सम्मान


  • ढोरपाटन संवाददाता
  • साउन २१ २०८१, सोमबार

बागलुङ/बागलुङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजनकुमार शाक्यलाई रुद्रे पिपल माविले सम्मान गरेको छ । विद्यालयमा नगद तथा विभिन्न सामाग्री समेत सहयोग गरेका शाक्यलाई विद्यालयले सम्मान गरेको हो ।
पटक पटक विद्यालयमा आवस्यक पर्ने फर्निचरसहितका सामाग्री सहयोग गर्ने शाक्यले आवस्यक पर्दा नगद पनि सहयोग गरेका थिए । मंगलबार पनि शाक्यले अत्यावस्यक दुइवटा बेञ्च सहयोग गर्न विद्यालय पुगेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बोहराले उनलाई सम्मान गर्दै सहयोगको प्रशंसा गरेका थिए ।
शाक्यले पनि विद्यालयमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । साथै, उनले विद्यालयमा सबैको साथ र सहयोग भएमा शिक्षाको गुणस्तर सुधार गर्न सजिलो हुने धारणा राखे । रुद्रे पिपल मावि सामुदायिक विद्यालय हो । यहाँ मजदुर, माझी तथा दलीतका बालबालिकाहरु पढ्छन् । अभिभावकको सहयोगबाटै विद्यालयले परीक्षाफल पनि उत्कृष्ठ बनाइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->