बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सृजना माविमा नवआगन्तुक विद्यार्थीको स्वागत

सृजना माविमा नवआगन्तुक विद्यार्थीको स्वागत


  • ढोरपाटन संवाददाता
  • साउन २१ २०८१, सोमबार

पोखरा/ पोखरा–८, सृजनाचोक, शान्तिमार्गस्थित सृजना आवासीय माध्यमिक विद्यालयले नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरी कक्षा ११ विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना भएका विद्यार्थीका लागि स्वागत एवम् उत्प्रेरणामूलक कार्यक्रम आयोजना गरी विद्यार्थी स्वागत गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा व्यवस्थापन कार्यालय, गण्डकी प्रदेशका प्रमुख लक्ष्मण देवकोटा रहेका थिए । पहिलो नेपाली तारा २००५ का विजेता राष्ट्रिय गायक, पोख्रेली कलाकार धमेन्द्र सेवान विशेष अतिथिका रूपमा रहेका थिए ।

कार्यक्रममा देवकोटाले मन्तव्य राख्दै विद्यार्थीले आफ्नो सही गन्तव्य पहिचान गरेर त्यसैतर्फ मन, वचन र कर्मले लाग्नुपर्ने सुझाए । साथै आफ्नो लक्ष्यमा अविचलित भई अनुशासित एवम् लगनशील भई पढाइलाई अगाडि बढाउन आग्रहसमेत उनले गरे । ‘विद्यार्थी सृजनशील हुनुपर्छ, सृजनशील तथा लगनशील विद्यार्थी नै देशका भविष्य हुन्’ उनले भने, ‘सम्पूर्णरूपमा विद्यार्थी सफल भएमा नै सबै सफल हुने भएकाले सधै सकरात्मक सोचका साथ अगाडि बढनुपर्छ ।’

विद्यालयको पूर्व विद्यार्थी गण्डकी मेडिकल कलेजकी डाक्टर स्मीता सुवेदीले अतिथिको मन्तव्यका क्रममा विद्यालयमा अध्ययन गर्दाका अनुभवहरू सुनाउँदै विद्यार्थीले कहिल्यै अरुको लहैलहैमा नलागी अग्रजहरूको सुझावलाई आत्मसाथ गर्दै पढाइमा दत्तचित्त हुन विद्यार्थीहरुलाई आग्रह गरिन । ‘आफ्नो लक्ष्यसम्म पुग्नका लागि विद्यार्थीसँग दृढ इच्छाशक्ति, धैर्य, साहस र लगन अपरिहार्य हुन्छ,’ उनल भनिन । विद्यालयका प्राचार्य डोलराज पाण्डेले नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै विद्यालयले आधुनिक प्रविधियुक्त, गुणस्तरीय एवम् संस्कारयुक्त शिक्षा प्रदान गर्दै आएको बताए । आगामी दिनमा पनि यस्तै शिक्षा प्रदान गर्न हरदम तत्पर रहने उनको भनाई थियो । विद्यार्थीका लागि विद्यालयले दैनिक शैक्षिक कार्यक्रमहरूसहित अन्य नियमित गतिविधिहरू सञ्चालन गरिने जानकारी गराउँदै उनले विद्यार्थीले समयको महत्वलाई बुझेर पढाइमा मिहिनेत गरेमा त्यसको परिणाम उत्कृष्ट आउने जनाए । सृजनाले हरेक वर्ष विभिन्न क्षेत्रमा सृजनशील, योग्य अनि दक्ष जनशक्ति उत्पादन गरिरहेको स्मरण गराउँदै विद्यार्थीलाई सृजनशील बन्न आग्रह पनि उनले गरे ।

गायक धर्मेन्द्र सेवानले कर्णप्रिय गीतहरू गाएर मनोरञ्जन दिलाएका थिए । साथै चर्चित नृत्य कलाकार विपसा चदराले नृत्य प्रस्तुत गरिन । कक्षा १२ विज्ञान तथा व्यवस्थापन समूहका विद्यार्थीहरूले विभिन्न गीतसङ्गीत र नृत्य प्रस्तुत गरेका थिए । साथै विद्यालयमा गत वर्षदेखि सञ्चालनमा आएको माइ सेकेण्ड टिचरको टिमले आफ्नो प्रस्तुति राखेको थियो । कार्यक्रममा विद्यालयले विभिन्न क्षेत्रमा विशिष्टता हासिल गरेका विद्यालयका पूर्व विद्यार्थीलाई सम्मान गरेको थियो । साथै विद्यालयबाट एसईई २०८० मा ४ जी.पी.ए हासिल गरी कक्षा ११ विज्ञान समूहमा भर्ना भएका आयुष खड़का र मिस एसईई पोखरा–२०८० को विजेता, यसै विद्यालयकी छात्रा युजिन घलेलाई सम्मान गरेको थियो ।
कार्यक्रममा कक्षा १२ व्यवस्थापनकी छात्रा अङ्किता पोखेलले स्वागत मन्तव्य राखेकी थिइन भने कक्षा १२ विज्ञान समूहका छात्र दर्शन अधिकारीले मन्तव्य राखेका थिए । यसैगरी नव आगन्तुक विद्यार्थीका तर्फबार युजिन घले, आदित्य सिवाकोटी र आयुष खड्काले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->