शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आँधिखोलाद्वारा बिद्यालयलाई सामग्री प्रदान

आँधिखोलाद्वारा बिद्यालयलाई सामग्री प्रदान


  • ढोरपाटन संवाददाता
  • साउन २५ २०८१, शुक्रबार

स्याङ्जा/ जिल्लाको आँधिखोला गाउँपालिकाले पालिका भित्रका बिद्यालयलाई शैक्षिक तथा भौतिक सामग्रीहरु प्रदान गरेको छ । शैक्षिक गुणस्तर बढाउने उदेश्यले आबश्यकता र प्राथमिकताको आधारमा प्रोत्साहन स्वरूप गाउँपालिकाले सामग्री प्रदान गरेको हो ।

पालिकाले सरस्वती माबिलाई स्मार्ट बोर्ड, भगवती माबिलाई सीसी क्यामेरा, बिपी स्मृति आबि र आधारभुत आबिलाई प्रिन्टर प्रदान गरेको हो । यस्तै बालरञ्जन आबि र बास्कोट आबिलाई कम्युटर डेक्सटप, चन्द्रमा आबिलाई कम्युटर डेक्सटप र प्रिन्टर, गोगनपानी आबिलाई टोनर दुई वटा, जनप्रिय आबिलाई कलर प्रिन्टर, जनप्रदिप माबिलाई कलर प्रिन्टर, सीसी क्यामेरा उपलब्ध गराएको हो । यस्तै पालिकाले उत्कृष्ट बिद्यालय, बिद्यार्थी, शिक्षक, बिद्यालय ब्यबस्थापन समितिलाई सम्मान गरेको हो । शैक्षिक सत्र २०८०/०८१ मा बढुवा भएका सात जना शिक्षकलाई समेत सम्मान गरिएको थियो । उत्कृष्टहरुलाई सम्मान तथा शैक्षिक गुणस्तरका लागि सरोकारवालाहरू बिचको अन्तरक्रिया कार्यक्रममा सामाग्री प्रदान तथा सम्मान गरिएको हो ।

कार्यक्रममा शिक्षा निर्देशनालय गण्डकीका महानिर्देशक अम्बिकाप्रसाद आचार्यले सबै विद्यालय शिक्षक समुदाय र पालिकाको सहकार्यबाट शैक्षिक गुणस्तर सुधार गर्न सकिने बताएका थिए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले आगामी दिनमा शैक्षिक स्तर गुणस्तरीय सुधारमा अबलम्बन गर्नुपर्ने बिषयमा कार्ययोजना तयार गरी लागू गर्ने जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->