बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

आश्रित गुल्मको ५औं स्थापना दिवशमा रक्तदान

आश्रित गुल्मको ५औं स्थापना दिवशमा रक्तदान


  • ढोरपाटन संवाददाता
  • साउन ३० २०८१, बुधबार

बागलुङ/सशष्त्र प्रहरी बलको बागलुङ बजारस्थित आश्रित गुल्मको ५ औं स्थापना दिवशको अबसरमा साताव्यापी विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । सशष्त्रले केही दिनदेखि क्रियाकलापहरु संचालन गरिरहेको हो ।

आगामी भदौ २ गते सरोकारवालाबीच अन्तरक्रिया गरेर दिवशको समापन गर्ने योजना रहेको सशष्त्र प्रहरी बल आश्रित गुल्मका प्रमुख प्रहरी नायव उपरीक्षक दिलबहादुर रायमाझीले बताए ।

दिवशमा सशष्त्रले बुधबार रक्तदान कार्यक्रम गरेको थियो । नेपाल रेडक्रस सोसाइटी बागलुङको सहकार्यमा १० जनाले रक्तदान गरे । त्यसबाहेक सेनाले सामाजिक तथा धार्मिक स्थानमा वृक्षारोपण र सरसफाइ कार्यक्रम गरेको छ । आन्तरिक रुपमा खेलकुद प्रतियोगिता पनि सम्पन्न गरेको छ । रचनात्मक क्रियाकलाप समेत गरेर समापनमा पुरस्कार बितरण गरिने योजना रायमाझीले सुनाए ।

पर्वतको कुश्मामा रहेको सशष्त्र प्रहरीले ५ वर्षअघि बागलुङमा गुल्म स्थापना गरेको थियो । दैविप्रकोप, सीमा सुरक्षा र अन्य समस्यामा सशष्त्रले जिल्ला सुरक्षा समितिको मातहतमा रहेर सहयोग गर्दै आएको छ । त्यसबाहेक जनतालाई दुर्घटनाबाट बचाउन सचेतना अभियान र प्रकोप नियन्त्रणबारे सशष्त्रले घटना अभ्यास पनि गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->