बागलुङ/बागलुङ नगरपालिका ३ रात्माटास्थित धवलागिरि वीरेन्द्र माध्यामिक विद्यालय (धविमावि) मा शुक्रबार विज्ञान कला प्रदर्शनी सम्पन्न भएको छ ।
युवा तथा जुनियर रेडक्रस सर्कल धविमाविले आयोजना गरेको विज्ञान प्रदर्शनीमा स्थानीय स्रोत साधनको प्रयोग गरी विद्यार्थीहरुले तयार गरेका एक्साभेटर, डोजर, ज्वालामुखी, सौर्य प्रणाली, हेटिकप्टर, पारीस्थितीक प्रणाली, सपिङ मल, बाँदर धपाउने मेशिन लगायत विज्ञान र प्रविधिसंग आधारित विभिन्न उपकरण राखिएको थियो ।
प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखा उपसभापति राजेन्द्र आचार्यले विद्यार्थीहरुको लुकेको प्रतिभा प्रस्फुटन गर्न र उनीहरुलाई समाजप्रति जिम्मेवार तथा व्यवहारिक बनाउन यस प्रकारका रचनात्मक कार्यले महत्तपूर्ण भूकिा खेल्ने बताए ।
कार्यक्रम रेडक्रस सर्कलका अध्यक्ष सक्षम गौतमको अध्यक्षता र सचिव मोनिका घर्तिमगरको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै सर्कलका शिक्षक नायक रेशम घर्तिमगर र विद्यालयका सह–प्रधानाध्यापक केशव प्रसाद पौडेलले सामाजिक समस्या समाधान गर्न र देश विकास गर्न विज्ञान प्रविधिको उपयोग अनिवार्य रहेको बताएका थिए ।






