बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सिद्धार्थ शिक्षा सदनमा आँखा र दाँत शिविर

सिद्धार्थ शिक्षा सदनमा आँखा र दाँत शिविर


  • ढोरपाटन संवाददाता
  • साउन ३२ २०८१, शुक्रबार

बागलुङ/सिद्दार्थ शिक्षा सदन आवासीय मावि बागलुङले बालबालिकाको लागि आँखा तथा दाँच उपचार शिविर सम्पन्न गरेको छ ।
शुक्रबार धौलागिरी आँखा अस्पताल र खुसी डेन्टल होमको सहकार्यमा बिद्यालयका बालबालिकालाई शिविर संचालन गरेको हो । शिविरमा खुसी डेन्टल होमका डेन्टल हाइजिनिष्ट शिव थापाको नेतृत्व टोलीले दाँचको जाँच र उपचार गराएको थियो । आँखा अस्पतालका वरिष्ठ नेत्र सहायक विनम लामिछाने नेतृत्व टोलीले खाँदा परीक्षण गराएको थियो ।
सानो उमेरमै बालबालिकाले खानपानमा ध्यान नदिएमा दाँतमा समस्या आउने भन्दै नियमित सफाइ गर्ने, मुखको सफाइ गर्ने तरिका समेत जानकारी दिइएको थियो । शिविरमा विद्यालयका १ सय २२ जना विद्यार्थीको दाँत र २ सय १३ जनाको आँखा जाँच गरिएको विद्यालयका प्रिन्सिपल झपिन्द्र थापाले जानकारी दिए ।
शिविर उद्घाटनको अवसरमा विद्यालयका कार्यकारी निर्देशक गणेश थापा, प्रधानाध्यापक भोजेन्द्र थापा लगायतले शिविरको औचित्य र बालबालिकामा त्यसको सकारात्मक प्रभावबारे जानकारी गराएका थिए । उक्त अवसरमा अभिभावकलाई पनि बालबालिकाको आँखा र दाँतको सुरक्षाबारे स्वास्थ्यकर्मीले जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->