बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

तिते भेन्टा भनी धतुरोको तरकारी खाँदा एकैघरका तीन बिरामी

तिते भेन्टा भनी धतुरोको तरकारी खाँदा एकैघरका तीन बिरामी


  • ढोरपाटन संवाददाता
  • साउन ३२ २०८१, शुक्रबार

बागलुङ/तिते भेन्टा भनी धतुरोको तरकारी पकाएर खाँदा बागलुङको काठेखोला गाउँपालिका वडा नं. ३ हिलेमा एकै परिवारका तीन जना बिरामी परेका छन् ।
धतुरो जस्तो देखिने वस्तुको तरकारी पकाई खाँदा लठ्ठिने, बरबराउने समस्या देखिएपछि बिरामी परेका हिलेका ४७ वर्षिय निरज विक, उनी श्रीमती ४५ वर्षिय तुलसी विक र ३० वर्षिय छोरा सुमन विकको धवलागिरी अस्पताल बागलुङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक विजय यादवले जानकारी दिए । बिरामी तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको यादवको भनाई छ ।
यसैबीच, काठेखोला गाउँपालिकाकै वडा नं. २ भिमपोखराका वर्ष–४५ का नर बहादुर किसान रुखबाट लडेर गंभीर घाइते भएका छन् । घर नजिकैको खरबारीमा रहेको मौवाको रुखमा चढी स्याउला झार्ने क्रममा शुक्रबार दिउँसो लडेर घाइते भएका किसानको ढाडमा चोट लागेको छ । किसानलाई थप उपचारको लागि धवलागिरी अस्पताल बागलुङले गण्डकी मेडिकल कलेज पोखरा रिफर गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->