स्याङ्जा/स्याङ्जाको प्रसिद्ध ऐतिहासिक मन्दिर छायाँक्षेत्र मन्दिर छाङछाङदीमा साउनको महिनामा १० लाख ३४ हजार ७४२ रुपैयाँ भेटी सङकलन भएको छ ।
साउनमा भक्तजनबाट चढाईएको भेटि तथा विभिन्न शिर्षकमा नौ लाख ३४ हजार ७४२ रुपैयाँ र महाआरतीबाट एक लाख रुपैयाँ सङकलन भएको हो ।
सहयोग रसिदबाट एक लाख ४७ हजार ३१९ रुपैयाँ, आजीवन सदस्यताबाट ९० हजार ६७८, पार्किङ सेवाबाट २५ हजार, स्टल विक्रिबाट एक लाख ३४ हजार ५०, मुल मन्दिर तथा भजन मण्डलीबाट दुई लाख १६ हजार ८८५, दानपेटिकाबाट एक लाख ४१ हजार २७५, जल धारा तथा शिवलिङ्गबाट एक लाख २५ हजार २५ र दु्रत सेवाबाट १९ हजार रुपैयाँ सङकलन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले बताए ।
सङकलित भेटि रकम खर्च कटाएर मन्दिरको विभिन्न बैंकमा रहेको खातामा जम्मान गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले बताए ।
यहाँ विषेश गरी महाशिवरात्री, बैशाख संक्रान्ति, साउन संक्रान्ति, हरिशयनी एकादशी, साउनको सोमबार, तिज, श्रीकृष्णअष्टमी, माघे संक्रान्ति, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी, ग्रहण नुहाउने लगायत विभिन्न पर्वहरुमा भक्तजनको विशेष सहभागिता रहने गर्दछ ।




