बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

माउन्ट अन्नपूर्णमा अंग्रेजी हाजिरीजवाफ प्रतियोगिता

माउन्ट अन्नपूर्णमा अंग्रेजी हाजिरीजवाफ प्रतियोगिता


  • ढोरपाटन संवाददाता
  • भाद्र ३ २०८१, सोमबार

पोखरा/पोखरा ३ नदीपुरमा अवस्थित माउन्ट अन्नपूर्ण माविमा विद्यालयको अतिरिक्त कार्यक्रम अन्तरगत शुव्रmबार अन्तरसदनात्मक अंग्रेजी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा क्रमश ग्रिन, रेड र येलो हाउस प्रथम, द्धितिय र तृतिय हुन सफल भएका थिए । विद्यालयले विद्यार्थीहरुको व्यक्तित्व विकासको निम्ति अतिरिक्त क्रियाकलाप कार्यक्रमअन्तर्गत अन्तर हाउस विभिन्न शैक्षिक, साँस्कृतिक, खेलकुद प्रतियोगिताहरु, ललित कला, नाटकआदिनियमित रुपमा आयोजना गर्दै आएको छ ।
कार्यक्रमलाई अङ्ग्रेजी विभागका विभागीय प्रमुख उमेश खनाल र शिक्षिका सेजल विजुक्छेले संयुक्त रूपमा सञ्चालन गरेका थिए भने विद्यालयका शैक्षिक निर्देशक अशोक कुमार शाहीले प्रतियोगिताको महत्वलाई प्रकाश पारेका थिए भने विजयी विद्यार्थीहरूलाई विद्यालय प्रशासक चित्र गुरूङले अविर लगाइ बधाई दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->