आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

थापाको संयोजकत्वमा मुवाँथाइ गण्डकीको तदर्थ समिति गठन

थापाको संयोजकत्वमा मुवाँथाइ गण्डकीको तदर्थ समिति गठन


  • ढोरपाटन संवाददाता
  • भाद्र ५ २०८१, बुधबार

पोखरा / मिलन थापाको नेतृत्वमा गण्डकी प्रदेश मुवाँथाई संघको तदर्थ समिति गठन गरिएको छ । बुधबार प्रदेश खेलकुद परिषद् गण्डकीको सभाहलमा प्रदेशको संघ गठनका लागि तदर्थ समिति तयार गरिएको हो ।

मुवाँथाई खेलको विकासका लागि गठित तदर्थ समितिले ४ महिनाभित्र संघको गठन गर्नेछ ।

तदर्थ समितिको सह–संयोजकमा सुनिल तिमिल्सिना रहेका छनभने, सदस्यमा धनबहादुर पुन, माउबहादुर तमु, रुपक नेपाली, शिव हिताङ, रिना गुरुङ, डेक पुन, पद्मा थापा, सरस्वती गुरुङ, प्रदिप गुरुङ, सनिज गुरुङ, सुन्दर गिरी र विक्की कुँवर रहेका छन् ।

उक्त समितिले ऐन अनुसार प्रदेश खेलकुद परिषद गण्डकीमा विधिवत दर्ता गराउने र संघको आफ्नै खाता सञ्चालन गर्ने निर्णय गरेको छ ।
मुवाँथाईका केन्द्रीय उपाध्यक्ष दिपक गोदार, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य केशव पाठक र खगेन्द्र क्षेत्रीको उपस्थितिमा तदर्थ समिती गठन भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->