आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सफल पोखरा म्याराथनको बचत पौने ४ लाख

सफल पोखरा म्याराथनको बचत पौने ४ लाख


  • ढोरपाटन संवाददाता
  • भाद्र ६ २०८१, बिहिबार

पोखरा/१८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट साढे तीन लाख बढि रकम बचत भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा गत फागुनमा म्याराथनको आयोजना भएको थियो ।
बुधबार म्याराथनको आयव्यय आयोजना गर्दै मञ्चले म्याराथन प्रविधिमा जाँदा कम बचत भएको बताएको छ ।
मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले कुल ७५ लाख २४ हजार सात सय १७ रुपैयाँ आम्दानी तथा ७१ लाख ५२ हजार एक सय ३९ रुपैयाँ खर्च भएको बताए । उनका अनुसार तीन लाख ७२ हजार पाँच सय ७८ रुपैयाँ बचत गरेको हो ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको नाम दर्ताबाट मात्रै तीन लाख ३० हजार ८१ रुपैयाँ आम्दानी भएको थियो भने विभिन्न सहयोगिदाताबाट ७१ लाख ९४ हजार ६ सय ३६ रुपैयाँ आम्दानी भएको छ । यस्तै १९ औं संस्करणको म्याराथन फागुन ३ गते हुने भएको छ । आगामी फागुनमा हुने म्याराथनमा थप एक विधा समेत थपिने मञ्चले निर्णय गरेको छ ।
मञ्चले २१ किलोमिटरतर्फ पुरुषको विधा थप गर्ने अध्यक्षले जानकारी दिए । ‘हामी अन्तर्राष्ट्रिय प्रतियोगितामा गएकाले प्रविधिमा जानु पर्छ । प्रविधिमा जाँदा बचत कम भएको छ । साथै हामीले १९ औं संस्करणको म्याराथन फागुन ३ गते गर्ने निर्णय गरेका छौं’ पराजुलीले भने, ‘अन्तर्राष्ट्रिय म्याराथन एसोसिएसन (एम्स) को क्यालेन्डरमा राख्नका लागि अहिले नै मिति तय गरेका हौं ।’
पोखरेली मञ्च युकेको नेतृत्वमा प्रविधिमैत्री बनाउन २ वटा सेन्सर मेसिनका लागि २० लाख १६ हजार ६ सय ७४ रुपैयाँ खर्च लागेको थियो । सोही क्रममा बोल्दै मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले भूतपूर्व खेलाडी मञ्चलाई मिडियाले नै जन्माएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->