बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सशस्त्र प्रहरीको अगुवाईमा पोखरामा डेंगी नियन्त्रण अभियान सुरु

सशस्त्र प्रहरीको अगुवाईमा पोखरामा डेंगी नियन्त्रण अभियान सुरु


  • ढोरपाटन संवाददाता
  • भाद्र ७ २०८१, शुक्रबार

पोखरा/पोखराको मालेपाटनस्थित सशस्त्र प्रहरी बल नं. २४ कालिका गण हेडक्वाटरले शुक्रबारदेखि डेंगी नियन्त्रण अभियान सुरु गरेको छ । विशेष गरि पोखरा महानगरपालिकाको वडा नं. ८ र ५ मा डेंगीले महामारीको रुप लिने अवस्था आएपछी अभियान थालिएको कालिका गणका गणपति (एसपी) अरुणकुमार शर्माले जनाए ।

सशस्त्रको अगुवाईमा भएको कार्यक्रममा पहिलो दिन स्वास्थ्य कार्यालय कास्की, रेडक्रस, वडा नम्बर ५ र ८ का वडा अध्यक्षहरु, विभिन्न मानव अधिकार एवं नागरिक अभियान्ताहरु लगायत स्थानिय समुदायहरुको सहभागीता थियो । बिहान ७ बजे देखी १० बजे सम्म दुवै वडाका संवेदनशिल स्थानमा डेंगी खोज्ने र नष्ट गरिएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीका अनुसार भदौ ५ गतेसम्म कास्कीमा ९ सय ७९ जनामा डेंगी संक्रमण देखिएको छ । २ जनाको मृत्यु भएको छ । सवै भन्दा धेरै संपोखरा–८ मा १ सय ५७ जना, वडा ५ मा ८६ जना, वडा ७ मा ३७ जना र वडा १७ मा ३५ जना संक्रमित भएका छन । संक्रमणको अवस्था गम्भिर हुनसक्ने भएकाले कालिका गणलाई अगुवाई गर्न अनुरोध गरिएको नेपालीले बताए ।  पोखराका ८ र ५ वडामा वर्कशप, ग्यारेज, कवाडी डिपो र जनसंख्या समेत धेरै भएको कारणले अन्य वडाहरुको तुलनामा डेंगी वढी फैलिएको जिकिर दुवै वडाका वडा अध्यक्षहरुको रहेको छ। कालिका गण समेत यिनै वडाको क्षेत्रमा रहेकोले तथा सरोकारवाला पक्षहरुले अगुवाई लिन अनुरोध गरेकाले कालिका गण वृहतरुपमा परिचालन भएको जानकारी गणपति शर्माले जनाए । डेंगी खोज्ने तथा नष्ट गर्ने अभियानमा वडा ८ मा ५० जना र वडा ५ मा ७० जना गरि १ सय २० जना सशस्त्र प्रहरी परिचालित भएका र करिब सोही संख्यामा स्थानिय समुदायबाट तथा अन्य सरोकारवाला निकायहरुबाट सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->