बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मर्स्याङ्दीमा २७ जनाको मृत्यु, १६ घाइतेलाई काठमाडौं पठाईयो

मर्स्याङ्दीमा २७ जनाको मृत्यु, १६ घाइतेलाई काठमाडौं पठाईयो

तीन जनाको शव बसमुनिबाट निकालिएको हो।


  • ढोरपाटन संवाददाता
  • भाद्र ७ २०८१, शुक्रबार

दमौली / तनुहँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको भारतीय बस दुर्घटनामा परेर २७ जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, आँबुखैरेनी अस्पतालले २३ जनाको मृत्यु भएको पुष्टि गरेको छ।

अरु तीन जनाको शव घटनास्थलबाट आँबुखैरेनी अस्पतालतर्फ लगिँदैछ। उनीहरुको शव बसमुनिबाट निकालिएको हो। एक जना घाइतेको चितवन मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको छ।

बाँकी १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल काठमाडौं पठाइएको छ। उनीहरुको उपचार भइरहेको छ। बसमा ४३ जना रहेकोमा ४३ जनाकै अवस्था पत्ता लागिसकेको प्रहरीले जानकारी दिएको छ।

उनीहरू बसेको पोखराको मझेरी रिसोर्टले प्रहरीलाई दिएको जानकारी अनुसार, बसमा ४१ यात्रुसहित चालक र सहचालक गरी ४३ जना सवार थिए। उनीहरू भारतको गोरखपुरबाट २ दिनअघि (भदौ ५) पोखरा आएका थिए।

८ दिनको पास लिएर नाकाबाट छिरेका उनीहरू दुई दिन पोखरा बसेर शुक्रबार बिहान काठमाडौँका लागि हिँडेका थिए। सो क्रममा आँबुखैरेनीमा दुर्घटनामा परेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->