बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

तनहुँ बस दुर्घटनाः राजदूताबासको आग्रहमा शवको पोस्टमार्टम पोखरामा

तनहुँ बस दुर्घटनाः राजदूताबासको आग्रहमा शवको पोस्टमार्टम पोखरामा

दमौलीमै पोस्टमार्टम हुने भए पनि भारतीय दूताबासको आग्रहमा पोखरा ल्याउन लागिएको हो ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ७ २०८१, शुक्रबार
दुर्घटनाको शव पुर्‍याएपछि आँबुखैरेनी अस्पतालमा लागेको भिड

पोखरा / तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहरा नजिकैबाट मर्स्याङ्दी नदीमा खसेर मृत्यु भएका भारतीय नागरिकको पोखरामा पोस्टमार्ट गरेर परिवारलाई शव बुझाइने भएको छ ।

४३ जना भारतीय पर्यटक सवारी बस ऐना पहरा नजिकैबाट मस्र्याङ्दी नदीमा खस्दा मृत्यु हुनेको संख्या २७ जना पुगेको छ । १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।

तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार दुर्घटनामा मृत्यु भएका २७ जना शवको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरेर आफन्त तथा परिवारलाई बुझाइने छ । शव पोखरा ल्याउने तयारी भइरहेको उनले बताए ।

तनहुँको दमौलीमै पोस्टमार्टम हुने भए पनि भारतीय दूताबासको आग्रहमा पोखरा ल्याउन लागिएको हो । पोखरा भारतीय दूताबासको कन्सुलर कार्यालय रहेकाले पनि उनीहरुले ल्याउन चाहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->