बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मर्स्याङ्दीमा खसेको बस निकालेपछि खुल्यो पृथ्वी राजमार्ग

मर्स्याङ्दीमा खसेको बस निकालेपछि खुल्यो पृथ्वी राजमार्ग


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०८१, सोमबार

दमौली / मर्स्याङ्दी नदीमा खसेको बस आठ घन्टा लगाएर निकालेपछि पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस भदौ ७ मा तनहुँको आँबुखैरेनी गाउँपालिका-२, ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो।

मर्स्याङ्दी नदीमा खसेको बस निकाल्न सोमबार बिहानैदेखि राजमार्ग बन्द गरिएको थियो। बस निकाल्ने क्रममा आठ घन्टा सडक बन्द गर्नुपरेको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए।

बस तान्ने क्रममा क्रेनको बुम भाँचिएको थियो। ‘बस निकाल्न प्रयोग गरिएको क्रेनको बुम भाँचिएकोले सडक खुलाउन ढिला भएको हो,’ प्रजिअ गौतमले भने।

बस निकाल्न ठूला मशिनरी उपकरण प्रयोग गरिएको थियो। जसले गर्दा यातायात पूर्ण रूपमा बन्द गर्नुपरेको गौतमको भनाइ छ। दुर्घटनामा ज्यान गुमाएका भारतीय नागरिकको शव सैनिक विमानबाट लगिएको थियो। घाइतको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->