बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सिट क्षमता भन्दा बढि बिद्यार्थी बोक्ने १७ स्कुल बसलाई कारबाही

सिट क्षमता भन्दा बढि बिद्यार्थी बोक्ने १७ स्कुल बसलाई कारबाही


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०८१, मंगलबार

पोखरा/  बसको सीट क्षमता भन्दा बढी विद्यार्थी बोक्ने १७ स्कुल बस कारवाहीमा परेका छन । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक कार्यालय कास्कीबाट खटिएको टोलीले मंगलबार बिहान साढे ८ बजेदेखि अपरान्ह साढे ५ बजेसम्म चेकजाँच गर्दा ती बस कारवाहीमा परेका हुन ।

प्रहरीले पोखरा महानगरपालिकाभित्रको विभिन्न वडामा तथा एरियामा विद्यार्थी बोक्ने विभिन्न २ सय २३ वटा स्कुल बसहरुलाई चेकजाँच गरेको थियो । चेकजाँच गर्दा सिट क्षमता भन्दा बढी विद्यार्थी बोकेका १७ वटा स्कुल बसलाई ट्राफिक नियम अनुसार कारबाही गरिएको र सम्पुर्ण चालकहरुलाई ट्राफिक नियम उल्लङ्घन गरी सवारी नचलाउन भनि सम्झाई बुझाई समेत गरिएको प्रहरीले जनाएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->