बागलुङ/ राष्ट्रिय जनमोर्चा बागलुङले जिल्लाका सात ठाउँबाट एकै पटक विशेष संगठनात्मक अभियान सुरु गरेको छ । बरेङ गाउँपालिकाको धुल्लुबास्कोट, जैमिनी नगरपालिकाको कुश्मिशेरा, बागलुङ नगरपालिकाको अमलाचौर, गलकोट नगरपालिकाको दुदिलाभाटी, वडिगाड वडिगाड गाउँपालिकाको सक्न्यार, ढोरपाटन नगरपालिकाको बुर्तिबाङ र निसीखोला गाउँपालिकाको राजकुतबाट अभियान सुरु भएको हो ।
‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं ! संघीयताको खारेज गरौं !!’ नारा दिएर राजमोले संगठनात्मक अभियान सञ्चालनमा ल्याएको जनाएको छ । अभियानमा राजमोका जिल्ला तथा केन्द्रीय नेताहरुले सम्बोधन गरेका छन् ।
बरेङ गाउँपालिकाको धुल्लुबास्कोटमा राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश उपाध्यक्ष धर्म बहादुर कुँवरले सम्बोधन गरे । राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण पौडेल, जिल्ला सदस्य हिरा बहादुर थापा, राष्ट्रिय जनमोर्चा बरेङका सदस्य तुफान पुन, चित्र बहादुर केसी लगायतले बोले । जैमिनी नगरपालिकाको कुश्मिशेरामा राष्ट्रिय जनमोर्चाका पुर्व केन्द्रीय सचिव कृष्ण अधिकारीले उदघाटन गरे ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार तथा जैमिनी नगरपालिका प्रमुख नरबहादुर, राजमो केन्द्रीय सदस्य डिल बहादुर दर्जी, जिल्ला सदस्य ठाकुर पौडेल लगायतले प्रशिक्षण दिए ।
बागलुङ नगरपालिकाको अमलाचौरमा राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष तिलक थापाले उदघाटन गरे । कार्यक्रममा अखिल नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटा, राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्य लोकनाथ शर्मा, योगेन्द्र पौडेल, जिल्ला सल्लाहकार टेक बहादुर आर सी लगायतले बोले ।
गलकोट नगरपालिकाको दुदिलाभाटीमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङगानाले उदघाटन गरे । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा जिल्ला समन्वय समितिका प्रमुख अमर थापा, अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष लक्षमान पुन, राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार टंक के सि, जिल्ला सदस्य पदम श्रेष्ठ, लाल बहादुर राना, अखिल नेपाल शिक्षक संघका भिम पुन लगायतले शुभकामना दिए ।
बडिगाड गाउँपालिकाको सक्न्यारमा राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य थानेश्वर सुवेदीले उदघाटन गरे । कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रीय महासचिव भिमसेन वन, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य बोम बहादुर थापा, बडिगाडमा पालिका सचिव विमल श्रीस लगायतले बोले ।
ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा राष्ट्रिय जनमोर्चा बागलुङका सचिव भिमलाल पोखरेलले उदघाटन गरे । कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका कोषाध्यक्ष दिपक थापा, जिल्ला सदस्य तम बहादुर घर्ती, कमला पान्डे, रक्तिम अभियान केन्द्रिय सचिब सहबिन अर्गेजा, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका सदस्य ओम बहादुर बुढा लगायतले मन्तव्य दिए ।
निसीखोला गाउँपालिकाको राजकुटमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गौरीश्वर पाण्डेले उदघाटन गरे । कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका सल्लाहकार प्रगति बुढा, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य थमन घर्ती, अखिल नेपाल युवक संघ बागलुङका सदस्य भीष्म छन्त्याल लगायतले मन्तव्य दिए ।





