बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपुरमा सेप्टि ट्यांकभित्र निसास्सिएर ३ जनाको मृत्यु

नवलपुरमा सेप्टि ट्यांकभित्र निसास्सिएर ३ जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • भाद्र १४ २०८१, शुक्रबार

नवलपुर / जिल्लाको विनयी गाउँपालिका-७ रानीनगरमा निर्माणाधीन सेप्टि ट्यांकमा निसास्सिएर तीनजनाको निधन भएको छ। निर्माणाधीन घरको ट्वाइलेटको सेप्टि ट्यांकभित्र काम गर्ने क्रममा तीनजनाको निधन भएको हो।

मृत्यु हुनेमा सोही घरका घरधनीका छोरा ३८ वर्षीय छोरा प्रकाशसिंह क्षेत्री, छिमेकी १९ वर्षीय गणेश बोगटी र पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–७ का २८ वर्षीय मोहम्द राजा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरी रेग्मीले दिएको जानकारी अनुसार, वडा नम्बर ७ स्थित रानीनगर भन्ने ठाउँमा निर्माणाधीन घरको ट्वाइलेटको सेप्टि ट्यांकभित्र काम गर्न पसेका उनीहरू बेहोस भएका थिए।

बेहोस भएपछि अस्पताल लगिएको र अस्पतालले नै मृत घोषणा गरेको उनले बताए। ‘सेप्टिक ट्यांक बनाउने काम चलिरहेको रहेछ। सोही क्रममा काम गर्न भित्र छिरेका मान्छेहरू निस्सासिएर बेहोस भएका रहेछन्,’ रेग्मीले भने, ‘उनीहरू भित्रै बेहोस भएर ढले। अस्पताल पुर्‍याएको थियो। अस्पतालले मृत घोषणा गरेको हो।’

प्रकाशको परासीस्थित जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालमा, बोगटी र मोहम्मद राजाको भीम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->