आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

लामाचौर कप भलिबल : एक खेल अगावै टिपटप न्यु डायमण्ड फाइनलमा

लामाचौर कप भलिबल : एक खेल अगावै टिपटप न्यु डायमण्ड फाइनलमा


  • ढोरपाटन संवाददाता
  • भाद्र १९ २०८१, बुधबार

पोखरा / नव आर्दश समाज लामाचौरको आयोजनामा जारी लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा एक खेल अगावै न्यु डायमण्ड फाइनलमा प्रवेश गरेको छ । लगातार दोस्रो जित दर्ता गरेको डायमण्ड फाइलन प्रवेश गर्न सफल भएको हो ।

पोखरा १९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको भलिबल कोर्टमा जारी प्रतियोगिताको दोस्रो दिन महिलातर्फको खेलमा गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै टिपटप न्यु डायमण्ड युथ स्पोट्र्स क्लब शीर्षस्थानमा उक्लिएको छ ।

विहान ८ बजे सुरु हुनुपर्ने खेल वर्षाका कारण निकै ढिला गरि सुरु भएको थियो । पहिलो सेट २५–१३ को जित निकालेको डायमण्डले दोस्रो सेटमा २५–१६ र तेस्रो सेट २५–१६ ले नै हराउँदै दुइ खेलबाट ६ अंक जोड्दै फाइनलमा प्रवेश गरेको छ । डायमण्डले यस अघि एभरेष्ट भलिबल क्लबलाई सोझो सेटमा हराएको थियो । डायमण्डले भोलि अन्तिम खेल एपिएफसँग खेल्ने छ ।

अहिले एपिएफ र एभरेष्ट क्लब आम्ने साम्ने हुँदैछन् । एपिएफले एक खेल जितिसकेको छ । एभरेष्टलाई हराएमा एपिएफ पनि एक खेल अगावै फाइनल प्रवेश गर्नेछ ।
प्रतियोगितामा कुल चार टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->