शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

लामाचौर कप भलिबल : महिलातर्फ एपिएफपनि फाइनलमा

लामाचौर कप भलिबल : महिलातर्फ एपिएफपनि फाइनलमा


  • ढोरपाटन संवाददाता
  • भाद्र १९ २०८१, बुधबार

पोखरा / विभागिय क्लब एपिएफ लामाचौर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नव आर्दश सामुदायिक विकास समाज लामाचौरको आयोजनामा जारी लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको राउन्ड रोविन लिगको दोस्रो खेलमा एभरेष्ट भलिबललाई ३–० को सोझो सेटमा हराउँदै एपिएफले एक खेल अगावै फाइनलको यात्रा तय गरेको हो ।

एपिएफले पहिलो सेट २५–१० र दोस्रो सेट २५–११ को फराकिलो अन्तरले पाखा लगायो । अन्तिम सेटमा पनि एभरेष्टले २५–१३ ले हराउँदै फाइनलको यात्रा तय गरेको हो । यो संगै एपिएफको ६ अंक बटुल्दै फाइनलमा प्रवेश गरेको छ । हारसंगै एभरेष्ट अंक विहिन बनेको छ ।
यस अघि भएको खेलमा न्यु डायमण्डले गण्डकी प्रदेशलाई हराउँदै एक खेल अगावै फाइनलको यात्रा तय गरेको छ । गण्डकी भने अकं विहिन छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->