आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

लामाचौरकप भलिबल : पुरुषतर्फ पुलिस फाइनलमा प्रवेश, गण्डकीलाई जित्नै पर्ने दबाब

लामाचौरकप भलिबल : पुरुषतर्फ पुलिस फाइनलमा प्रवेश, गण्डकीलाई जित्नै पर्ने दबाब


  • ढोरपाटन संवाददाता
  • भाद्र १९ २०८१, बुधबार

पोखरा / नव आर्दश सामुदायिक विकास समाज लामाचौरको आयोजनामा जारी लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिसले लगातार दोस्रो जित दर्ता गराएको छ ।

पोखरा १९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको भलिबल कोर्टमा भएको पुरुषतर्फको खेलमा पुलिसले ट्राभल इन्क्वाइरी गलकोटलाई सोझो सेटमा हराउँदै फाइनलको ढोको खोलेको छ ।

पुलिसले गलकोटलाई पहिलो सेटमा २५–१२, दोस्रो सेटमा २५–१७ र तेस्रो सेटमा २५–२२ ले हराउँदै दोस्रो जित निकालेको हो । पुलिस ६ अंकका साथ शीर्षस्थानमा छ । पुलिसले यसअघि गण्डकी प्रदेशलाई सोझो सेटमै हराएको थियो । अब गण्डकीले एपिएफको सामना गर्दैछ । गण्डकीलाई भने फाइनल प्रवेश गर्न खेल जित्नै पर्ने दबाब सिर्जना भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->