आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

लामाचौर कप भलिबल : पुरुषतर्फ गण्डकीको यात्रा टुंगियो

लामाचौर कप भलिबल : पुरुषतर्फ गण्डकीको यात्रा टुंगियो


  • ढोरपाटन संवाददाता
  • भाद्र २० २०८१, बिहिबार

पोखरा/ नव आदर्श सामुदायिक समाजको आयोजनामा लामाचौरमा जारी भलिबल प्रतियोगितामा गण्डकी प्रदेशको पुरुष टिमको फाइनल यात्रा लिगचरणमै टुंगिएको छ ।

आफ्नो दोस्रो खेलमा एपिएफसँग ३–० को सोझो सेटमा हार व्यहोर्दै गण्डकीको फाइनल यात्रा रोकिएको हो । बुधबार १–१ सेट जितेको स्थितिमा प्रकाश अभावका कारण खेल रोकिएको थियो । उक्त खेल आज विहान खेलाइएको थियो ।

आज भएको खेलमा एपिएफले गण्डकीमाथि २५–१८, २५–२३ र २५–१६ को हार व्यहोरेको हो । जितसँगै एपिएफल फाइनलमा प्रवेश गरेको छ । एपिएफको दुई खेलबाट ६ अंक रहँदा गण्डकी अंक विहिन छ ।

यस्तै महिलातर्फ आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशले हार व्यहोरेको छ । लिग अन्तरगत आफ्नो अन्तिमको पहिलो सेट प्रतिस्पर्धात्मक रहेपनि नतिजा भने एभरेष्टको पक्षमा २६–२४ रह्यो । दोस्रो सेटमा २५–१३ र तेस्रो सेटमा २५–१९ ले हराउँदै एभरेष्टले जित हासिल गरेको हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->